एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ ।

पार्टीको स्थायी कमिटीको प्रथम बैठकले राष्ट्रिय भेला आयोजनाबारे गरेको निर्णय कार्यान्वयनका क्रममा भेलाको मिति र स्थान तय भएको एमाले सङ्गठन विभाग प्रमुख भानुभक्त ढकालले जानकारी दिए

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा यही असोज २२ देखि २५ गतेसम्म भएको स्थायी कमिटीको प्रथम बैठकले केन्द्रीय कमिटीमा मनोनयन, स्थानीय तहका कमिटीको अधिवेशन र राष्ट्रिय कार्यकर्ता भेला आयोजनालगायतका निर्णय गरेको थियो ।

राष्ट्रिय भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिको सहभागिता रहने सङ्गठन विभाग प्रमुख ढकालले जानकारी दिए ।

प्रकाशित मिति : मंगलबार, असोज २७ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij