ओमसतिया, रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर १ को आर्थिक सहयोग तथा तिलोत्तमा सिटीको व्यवस्थापनमा वडा नम्बर १ स्थित ठुटिपिपलमा ३ दिने लक्षित बर्ग तथा महिलाहरुका लागि उद्घोषण तालीम शुरु भएको छ । तिलोत्तमा सिटीका सम्पादक सरु रानाको अध्यक्षता तथा ओमसतिया वडा नम्बर १ का अध्यक्ष बेल बहादुर बराल मगरको प्रमुख आतिथ्यतामा शुरु भएको तालिम ३१ गतेसम्म चल्ने छ।
समुद्घाटन कार्यक्रममा बोल्दै ओमसतिया वडा नम्बर १ का अध्यक्ष बेल बहादुर बराल मगरले सबै महिला सहभागीहरुलाई सिकेका कुरा लाई व्यवहारमा लागू गर्न सुझाव दिनु भएको थियो । उहाँले महिला ससक्तिकरणका लागि चुलो चौको भन्दा अल्लिक बाहिर निस्केर समाज परिवर्तनक लागि एकजुट भै काम गर्न आग्रह गर्दै जुनसुकै फिल्डमा पनि उद्घोषण अत्यावश्यक भएकोले तालिममा सिकेका कुरा व्यवहारमा व्यबाहारमा उतार्नुपर्ने बताउनुभयो।
कार्यक्रममा वडा सदस्य गगा थापा, बिनोद घिमिरे, जानकी पासी, जगत थापा, वडा सचिव बिजय पौडेल लगायतले बडा दशैको शुभकामना दिंदै तालिमलाई उत्कृस्ट बनाउन आग्रह गर्नुभएको छ। सहभागीहरुलाई पहिलो दिन प्रशिक्षक मोहन न्यौपाने र सरु रानाले प्रशिक्षण दिनुभएको हो। तालिममा सहभागीहरुले उत्कृस्ट प्रशिक्षण पाउने र महिलाहरुले सिक्न आवश्यक भएका उद्घोषण सम्बन्धि सबै कुराहरु प्रशिक्षणमा सिकाईने ब्यबस्थापक सागर भण्डारीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : शुक्रबार, असोज ३० २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्