नेपाली कांग्रेस तिलोत्तमाको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

नेपाली कांग्रेस तिलोत्तमाको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

तिलोत्तमा -नेपाली कांग्रेस तिलोत्तमा नगर समितिको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ। २०८३ को विजया दशमी, शुभ दिपावली, छठ तथा नेपाल सम्वत्को अवसरमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडले नेपाली कांग्रेसलाई देशको राष्ट्रियता, प्रजातन्त्र र जनअधिकारको रक्षाका लागि थप सबल, सफल र शक्तिशाली बनाउनुपर्नेमा जोड दिनुभएको छ
​उहाले मुलुकको मुख्य राजनीतिक दलका रूपमा रहेको कांग्रेसमा देखिएका हरेक किसिमका दुविधा र पूर्वाग्रहहरूलाई पन्छाउँदै पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्ने बताउनुभयो।
​पूर्व मन्त्री खाँडले संस्कृति र संस्कारले पनि एकताको सन्देश दिने उल्लेख गर्दै देशैभरि रहेका कांग्रेसका नेता तथा कार्यकर्ताहरूले पार्टीको भूमिकालाई स्पष्ट पार्दै लोकतन्त्र र नागरिक अधिकारको संरक्षार्थ एकजुट भई लाग्न आह्वान गर्नुभएको हो
नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशिल गुरुङले नेपाली कांग्रेसले दिएको जिम्मेवारी इमान्दार भएर पूरा गर्ने भनाइ राख्नुभयो। उहाँले पार्टीमा एकले अर्कालाई स्वीकारेर अगाडि बढ्नु पर्ने बताउनुभयो। सो अवसरमा नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य गंगा शाहीले मानव जीवनको रक्षाको लागि नेपाली कांग्रेस एकजुट हुन आवश्यक रहेको धारणा राख्नुभयो।
नेपाली कांग्रेस रुपन्देही जिल्ला सभापति एवम् तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खांणले १५ औं महाधिवेशनबाट कांग्रेस बलियो हुने धारणा राख्नुभयो। सरकार कुहिरोको काग जस्तै बनेको , महंगीले दैनिक उपभोग्य सामग्री प्रयोगमा समस्या सिर्जना भएको भन्दै खाणले नेपाली कांग्रेस एकजुट भएर आगामी दिनमा मतभेद हटाएर संगठन बलियो बनाउन लाग्नुपर्ने बताउनुभयो। कार्यक्रममा नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, क्षेत्रीय सभापति प्रजापाल गिरी, प्रदेश सभा क्षेत्र नं दुई ख का सभापति जोवान सिंह ठकुरी, निवर्तमान नगर सभापति हरिलाल पाण्डे, देवदह नगरपालिकाका नगर सभापति अमर लामिछाने तिलोत्तमा नगरपालिका वडा नं दुई का सभापति इन्द्र मणी अर्याल लगायतले बोल्नुभएको थियो।

नगर सभापति नारायण प्रसाद ढकालको सभापतित्वमा आयोजित कार्यक्रममा
नगर उपसभापति रमेश पराजुलीको स्वागत तथा सञ्चालन नगर सचिव प्रदिप कुमार थापाले गर्नुभएको थियो।

प्रकाशित मिति : शनिबार, कार्तिक १ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij