बुटवल । विश्व मत्स्य दिवस नेपालभर विभिन्न कार्यक्रम गरि मनाइएको छ । प्रत्येक बर्ष अग्रेजी महिनाको नोभेम्बर २१ तारिखका दिनमा विश्व भर विश्व मत्स्य दिवस मनाउदै आइएको हो । सोही अनुसार रुपन्देहीमा पनि विभिन्न १५ वटा संघ संस्थाको संयुक्त आयोजानमा मत्स्य सम्बन्धी ¥याली सहित सियारी गाउपालिका वडा नम्बर–५ अमुवा पुल (तिनाउ नदी)मा माछाको भुरा छोडीएको छ ।
भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ५ पशुपक्षि तथा मत्स्य विकास निर्देशनालयका प्राविधिक सहायक सुवोधराज भट्राईका अनुसार रुपन्देहीका २ वटा स्थानबाट किसानहरुले माछा सम्बन्धी विभिन्न जनचेतान मुलक प्ले कार्ड, व्यानर सहितको ¥याली आयोजना गरेका थिए ।
तिलोत्तमा नगरपालिका –१३ मा रहेको मण्डल मत्स्य ह्याचरी पत्थरडाँडा र जलदेवी मत्स्य उत्पादक सहकारी संस्था लि. सियारी गा.पा.–५, बनघुसरी बाट सुरु भएको ¥याली तिनाउ नदि(अमुवापुल) परिषरमा पुगेर माछाका भुरा नदिमा छोडिएको हो ।
नेपाल मत्स्य व्यवसायी संघ, जिल्ला कार्य समिति, रुपन्देही, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मत्स्य जोन, रुपन्देही, शुद्ध मत्स्य नश्ल संरक्षण तथा प्रबर्धन श्रोत केन्द्र, ठुटीपिपल भैरहवा, कृषि तथा पशु विज्ञान अध्धयन संस्थान, पक्लिहवा कृषि क्याम्पस, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, प्रदेश नं. ५ को आयोजना रहेको थियो ।
यस्तै सियारी गाउँपालिका, जलदेवी मत्स्य उत्पादक सहकारी संस्था लि.,. भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, रुपन्देही, श्रीनगर एग्रो प्रा.लि.,सौ. फर्सा्टिकर, शान्ति मत्स्य ह्याचरी फार्म, मण्डल मत्स्य ह्याचरी,देउराली जनता प्राविधिक शिक्षालय, लुम्बिनी मत्स्य ह्याचरी, जनता मा.वि.पश्चिम अमवा र कृषि विकास निर्देशनालय प्रदेश नम्बर ५ रुपन्देहीको संयुक्त आयोजना रहेको थियो ।
तिनाउ नदिमा माछा छाड्ने कार्यक्रममा सियारी गाउपालिकाका प्रमुख अयोद्धा प्रसाद थारु लगायतका विभिन्न व्याक्तिहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : बुधबार, मंसिर ५ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्