काठमाडौं –विश्वमा नोबल कोरोना भाइरस कोभिड नाइन्टिनका कारण मृत्यु हुनेको संख्या बढेर १ लाख २६ हजार ५ सय १८ पुगेको छ । कोरोना महामारीका कारण मृत्यु हुने र संक्रमितको संख्या पनि दैनिक हजारौंमा थपिंदै गएको छ ।
पछिल्लो तथ्यांक अनुसार संक्रमितको संख्या पनि बढेर १९ लाख ९५ हजार २ सय ५ पुगेको छ । संक्रमितमध्ये ४ लाख ६७ हजार २ सय २७ जना उपचारपछि निको भएका छन् ।
सबैभन्दा बढी संक्रमित अमेरिकामा एकैदिन थप २ हजार ३ सय ३५ जनाको मृत्यु भएको छ । यो संगै त्यहां कोरानाका कारण मृत्यु हुनेको संख्या २४ हजार ८ सय ४ पुगेको छ । ६ लाख ११ हजार ७ सय ४५ जना संक्रमित छन् ।
इटालीमा संक्रमितको संख्या १ लाख ६२ हजार ४ सय ८८ पुगेको छ । त्यहाँ २१ हजार ६७ जनाको मृत्यु भएको छ । यस्तै स्पेनमा १ लाख ७४ हजार ६० जना संक्रमित हुँदा १८ हजार २ सय ५५ जनाको मृत्यु भएको छ ।
फ्रान्समा १ लाख ४३ हजार ३ सय ३ जना संक्रमित हुँदा १५ हजार ७ सय २९ जनाको मृत्यु भएको छ । जर्मनीमा १ लाख ३२ हजार २ सय १० जना संक्रमित भएका छन् ।
मृतकको संख्या ३ हजार ४ सय ९५ पुगेको छ । उता बेलायतमा ९३ हजार ८ सय ७३ जना संक्रमित छन् भने १२ हजार १ सय ७ जनाको मृत्यु भएको छ ।
भारतमा ११ हजार ४ सय ८७ जना संक्रमित हुँदा ३ सय ९३ जनाको मृत्यु भएको छ । त्यसैगरी पाकिस्तानमा संक्रमितको संख्या ५ हजार ८ सय ३७ पुग्दा ९६ जनाको मृत्यु भएको छ । (एजेन्सी)
प्रकाशित मिति : बुधबार, बैशाख ३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्