आरडिटी नहुदा परिक्षण गर्न समस्या :सुद्धोधन गाउँपालिका अध्यक्ष चौधरी

आरडिटी नहुदा परिक्षण गर्न समस्या :सुद्धोधन गाउँपालिका अध्यक्ष चौधरी

विश्वभर अहिले कोरोना भाइरस ९कोभिड १९०को सन्त्रास छ । देश अहिले पुरै लकडाउनको अवस्थामा छ । स्थानीय तहले कोरोना भाइरसको रोकथाम लिएर के-कस्ता कामहरु गरिरहेका छन् ?सुद्धोधन गाउँपालिकामा कोरोना भाइरस रोकथाम गर्न के कस्ता कार्यहरू गर्दै छ त ? यसै बिषयमा सुद्धोधन गाउँपालिकाका अध्यक्ष किशुनचन्द्र चौधरीसँग फूलु सुनारले गरेको कुराकानी :

 

कोरोना नियन्त्रणको लागि के कस्ता कार्यहरू भइरहेका छन् ? कस्ता-कस्ता ठोस योजनाहरू अगाडि सार्नु भएको छ?

कोरोना भाइरसको सम्भाबित जोखिम न्यूनीकरणका निम्ति सबैभन्दा अगाडि हामीहरुले सचेतनाका कार्यहरू गरिरहेका छौँ ।भारत तथा तेस्रो मुलुक बाट आउनेको लगतलिने काम गरेका छौ लक डाउनला्इ कडाइका साथ लागु गरेका छौ अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कीन भनेका छौ ,पटक पटक साबुन पानिले हात धुन, सेनेटाइजरको प्रयोग गन अनुरोध गरेका र्छौ गाउँपालिकाले सुरक्षा निकाए , स्वास्थ्यकर्मी , जनप्रतिनिधि सबैले लकडाउनको प्राबधानलाई ससक्त तरिकाले अगाडि बढाएका छौ । प्रत्येक वडामा सचेतना कार्यक्रम गरेका छौ लकडाउनको पूर्ण पालना कार्यन्वयन गराएको छौ ।निर्बाचित जनप्रतिनिधिले नियमन अनुगमन गर्ने ,प्रहरी प्रशासन परिचालन गर्ने र सबै नागरिकलाइ यसको पालना गर्न आह्वान गर्दै लकडाउनलाइ पुर्ण पालना गर्ने कार्य गरिरहेका छौ ।

सुद्धोधन गाउँपालिकामा दैनिक ज्याला मजदुरी गर्ने एबम अति बिपन्न परिवारलाइ राहत र सहयोगका कार्यक्रम के- के छन ?
लकडाउनमा बाहिर निस्कन मिलेन काम गर्न पाउनु भएन त्यसैले गर्दा यो समयमा दैनिक ज्यालादारीमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आउनुभएका परिवारलाइ हामिले पहिलो चरणको राहत बितरण गरिसकेको अबस्था हो ।त्यसको लागि हामिले बिपन्न , भुमिहिन दैनिक ज्यालादारी गरिखाने परिवारको पहिचान गरि ९सय २५ परिवारलाइ हामीले राहत बितरण गरेका हौ
त्यसमा २० केजि चामल , २ केजिदाल,२ प्यकेट नुन ,तेल र साबुन पहिलो चरणमा राहत वितरण गरेकोमा अब दोस्रो चरणको राहत वितरणको लागि लगत संकलन गरिरहेका छौ यस पछि हामिले दास्रो चरणको राहत बितरण गर्नेर्छौ।

सुद्धोधन गाउँपालिकामा धेरै कृषि पेशामा आबद्ध परिवार हुनुहुन्छ , कृषकको समस्यालाई कसरी ब्यबस्थापन गर्नुभएको छ?

सुद्धोधन गाउँपालिकामा गहुँ काट्न समस्या परेन किनभने प्रशासनलाइ भनेर केहि छुट गराइएको थियो। म आफैले मेसिन लिएर आएर कृषकलाइ सहज होस भन्ने अभिप्रायले मेसिन प्रयोग गरेर गहुँ काट्ने काम भयो ।
अन्य कृषी कामका लागि थोरै संख्या मा दुरि कायम गरि काम गर्न भन्यौ त्यही अनुसार खेतको काम पनि सकिने अबस्थामा छ।

सम्भावित प्रकोप न्यूनीकरणकालागि खर्च ब्यबस्थापन कसरी गर्नुभएको छ ?

जनताहरुले पनि हामीले सहयोग गर्छौ भनेर ब्यक्तिगत पनि यो कोरोना राहत कोषमा रकम जम्मा गर्नुभएको छ ।त्यस्तै विभिन्न सहकारी संघ सस्थाहरुले पनि सहयोग गर्नुभएको छ ।गाउँपालिकाले बिपत ब्यबस्थापन कोष बनाएर रकम जम्मा गरेका छौ ।प्रदेश सरकारले पनि १० लाख दिने निर्णयगरेको छ।यसरी नै ब्यबस्थापन गरेका छौ ।

सुद्धोधन गाउँपालिकाले कोरोना कारण देखाएर कालोबजारी गर्नेला्इ रोकथाम तथा नियन्त्रणको लागि भएका प्रयास के-के हुन? अनुगमन कसरी भएको छ ?
हाम्रो गाउँपालिकामा कालोबजारीको सवालमा बिचौलियाले गर्दा तरकारीमा समस्या रहेको थियो । बिचौलियाले थोरै रकममा किनेर धैरै रकममा बिक्रि बितरण गर्ने गरेको पाइएको थियो, त्यसलाइ हामि अनुगमन गरि समाधान भएको छ ।हाम्रो गाउँपालिकामा प्रधानमन्त्री कृषी कार्यक्रम अन्तर्गत तरकारी खेती रहेको छ, उक्त तरकारी अहिले बुटवल पराउन अप्ठेरो भएको अबस्थामा कृषकसंगको समन्वयमा त्यसको तरकारीको ब्यबस्थापन गरेका हौ ।
हामिले अनुगमन  गरेका छौ ।सुरक्षाकर्मी एकदम लाग्नुभएको छ ।अहोरात्र खटिरहनुभएको छ ।हामीले अत्यावश्यक खाद्य सामाग्री र तरकारीको किनबेचको सामाजिक दुरि कायम गरि बिहान ३ घन्टा र साझ ३ घन्टाको लागि पसल खोल्न आग्रह गरेका छौ । जुन बजार क्षेत्र छ त्यस पसलमा दैनिक उपभोग्य सामान ल्याउनको लागि यातायातको ब्यबस्था पनि गरेका छौ। महगिं नियन्त्रण गर्नको निम्ती थुप्रै खालका गतिबिधि संचालन गरेका छौ ।भने म आफै निरीक्षण गरेको छु ।

गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बिरामि कति छन ?बिरामिको अबस्था कस्तो छ?
सुद्धोधन गाउँपालिकाले क्वारिन्टाईन बनाईएको छ। कोहि विदेश बाट आउनुभएको छ भने तुरन्त सुचना दिनुहोस भनेर हामिले आह्वान पनि गरेका छौ, यसका लागि टोल बिकास संघ सस्थाहरुलाइ परिचालन गरेका छौ । टोल बिकास स्रंस्थाको सहयोगमा १६ जनालाइ होम क्वारेन्टाइनमा डक्टरको निगरानिमा राखिएको छ । आरडिटी किट नहुदा परिक्षण गर्न सकेका छैनौ गाउँपालिकाको क्वारेन्टाइनमा २६ जना रहनुभएकोमा केहि १४ दिन क्वारिन्टाईनमा बसेर गइसकेको अबस्था हो । क्वारिन्टाईनमा १४ दिन पुरा भएपछि बिदा दिएका छौ । क्वारेन्टाइनमा  आउने जाने क्रम जारी छ ।उहाँहरुलाइ बेड खाना बस्न लगाएत सबै ब्यबस्था हामिले मिलाएका छौ ।उहाँहरु सबैको स्वास्थ अबस्था एकदमै राम्रो छ हाम्रो गाउँपालिकामा रहेका दिर्घ रोगिको लागि पनि औषधीको ब्यवस्थापन गरेका छौ ।

प्रदेश सरकारसंग यसको बिषयमा समन्वय गर्नुभएको छैन  ?
हामी प्रदेश सरकार संग पनि कुराकानी गरेका छौ । प्रदेश सरकार संग पनि उपलब्ध छैन आउने क्रममा रहेको छ । आएपछि हामिले पनि प्राप्त गर्छौ त्यस लगत्तै भारत बाट आउने र अन्य तेस्रो मुलुक बाट आउने सम्पुर्णको आरडिटि परिक्षण  गर्छाै ।

कोरोना महामारीको रोकथाम तथा नियन्त्रणको लागि काम गरिरहदा देखिएका समस्याहरु के-के हुन ?

साधारण रोगिहरुलाइ एम्बुलेन्स उपलब्ध गराउन गाह्रो भयो, सामान्य बिरामीलाइ पनि एम्बुलेन्स चालकहरुले नमानेको कारण ३ जनालाइ मैले आफ्नो गाडिमा लगेर अस्पताल पुराए, धेरै गाह्रो मानेको अबस्था रहेको हुनाले लैजान ल्याउन समस्या परेको अबस्था हो ।त्यस्तै स्वास्थ्यकर्मीले प्रयोग गर्ने पिपिइ, थर्मगन समयमै उपलब्ध भएन धैरै पछि मात्र ब्यबस्थापन गर्न सकेका हौ ।

अहिले कोभिड( १९ )अर्थात् कोरोना भाइरसका कारण आम मानिस त्रसित छ्न्  यस्तो अवस्थामा जनतालाई उच्च मनोबल बनाउन तपाईंको सन्देश के छ?

मैले सम्पूर्ण नेपाली दाजुभाई, बुवाआमा तथा दिदिबहिनीलाई सन्देश दिन चाहन्छु । विशेष त गाउँपालिकाका जनतालाइ म के भन्न चाहन्छु भने यसरी सरकारले गरेको लकडाउन हाम्रै लागि हो । लकडाउनको पालन गरौँ, भोकै मर्ने स्थिति आउने छैन । कोही पनि घर बाहिर नजाऔँ । यो भाइरस बाहिरबाट आउने हो, यहीं उत्पादन हुने होइन । हामी घरभित्र बस्यौँ भने पनि हामी सुरक्षित हुन्छौँ । हामी यति बेला संकटको अवस्थामा छौँ । लकडाउनलाई पालन गरे मात्र पनि हामी बाँच्छौँ र अरुलाई पनि बचाउँछौँ ।

प्रकाशित मिति : शनिबार, बैशाख १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij