काठमाडौं-कोरोना महामारी रोकथाम र नियन्त्रणमा सरकारले गरेको खर्चको हिसाब सार्बजनिक गरेको छ ।
कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खर्च गरेकाे भनिएको १० अर्ब रुपैयाँको हिसाब माग गर्दै देशभर प्रदर्शन भएपछि सरकारले ८ अर्ब ३९ करोड रुपैयाँको खर्च विवरण सार्बजनिक गरेको हो ।
कोरोना रोकथाममा धेरै खर्च भएको बताउँदै नागरिकले सडकमा आन्दोलन गर्दै सरकारसँग हिसाब मागिरहेका छन ।
सरकारले हालसम्म ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैयाँ खर्च भएको जनाएको छ ।
सरकारले सार्बजनि गरेकाे सूची अनुसार सबै भन्दा बढि रक्षा मन्त्रालयले खर्च गरेकाे छ । रक्षा मन्त्रालयले २ अर्ब ४० करोड २४ लाख ५७ हजार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ अर्ब ५८ करोड ५२ लाख ८३ हजार खर्च गरेकाे छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ करोड २० लाख, शिक्षा मन्त्रालयले २ करोड ६९ लाख ७८ हजार र गृहमन्त्रालयले २ करोड ४५ लाख ८८ हजार रुपैयाँ खर्च गरेका छन ।
सरकारले सार्बजनिक गरेको सूचीमा औषधि स्वास्थ्य सामग्रीमा ३ अर्ब ९० करोड ८८ लाख खर्च गरिएको उल्लेख छ ।
स्वास्थ्य पूर्वाधारमा १ अर्ब १२ करोड ५० लाख रुपैयाँ, जनशक्ति परिचालनमा ५ करोड ८३ लाख ३३ हजार रुपैयाँ खर्च भएको छ ।
त्यस्तै क्वारेन्टाइनमा १३ करोड ५५ लाख ९८ हजार रुपैयाँ खर्च भएको सरकारले जनाएको छ । अन्य कामका लागि ४० करोड १५ लाख ९ हजार रुपैयाँ खर्च भएको छ ।
सरकारले सातवटै प्रदेशहरुले गरेको खर्च पनि सार्बजनिक गरेको छ ।
प्रदेश १ सरकारले १९ करोड ३५ लाख ६० हजार रुपैयाँ खर्च गरेको छ । प्रदेश २ ले १३ करोड ३९ लाख ४६ हजार र बागमती प्रदेशले १३ करोड ६७ लाख खर्च गरेकाे छ ।
गण्डकी प्रदेशले १५ करोड ४२ लाख १० हजार र प्रदेश ५ ले ७ करोड ७९ लाख ३० हजार रुपैयाँ खर्च गरेको छ ।
कर्णाली प्रदेशले २३ करोड ९२ लाख ९३ हजार रुपैयाँ खर्च गर्दा सुदूरपश्चिम प्रदेशले ३६ करोड ४८ लाख ७० हजार रुपैयाँ खर्च गरेको छ ।
सात प्रदेश मध्य सुदुरपश्चि बढी खर्च गर्ने प्रदेशमा पर्छ । प्रदेशहरूले जम्मा १ अर्ब ३० कराेड ४ लाख ९९ हजार खर्च गरेका छन ।
स्थानीय तहबाट २ अर्ब ९८ करोड ५१ लाख ९४ हजार खर्च भएको छ । सो रकम राहत वितरण, क्वारेन्टाइन व्यावस्थापन लगायत शीर्षकमा खर्च भएको थियो ।

प्रकाशित मिति : शनिबार, जेष्ठ ३१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]