कांग्रेस जिल्ला सभापतिहरुको जोड : तल्लो तहसम्म अधिकार चाहियो

कांग्रेस जिल्ला सभापतिहरुको जोड : तल्लो तहसम्म अधिकार चाहियो

नुवाकोट : नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले तल्लो तहसम्म अधिकार दिए मात्र पार्टी चुस्त हुने धारणा राखेका छन्।

पार्टी कन्द्रीय समितिमा पेस भएको विधान मस्यौदाका बारेमा साझा धारणा तय गर्न ककनीमा भेला भएका जिल्ला सभापतिहरूले तल्लो तहमा काम गर्ने नेता तथा कार्यकर्ताहरूलाई मात्र पार्टीको अवस्था थाहा हुने भएकाले स्थानीय तहमा अधिकार दिनुपर्ने बताएका हुन्।

केन्द्रीय समिति बैठकमा पेस भएको विधानमा दबाब दिनका लागि भेला भएका जिल्ला सभापतिहरूले पार्टीलाई सुदृढ गर्न पार्टीलाई चुस्त बनाउन कार्यकर्ताको मूल्यांकन आवश्यक रहेको भनाइ राखे।

पार्टीभित्र पारदर्शीता र अनुशासनको खाँचो भएका कारण यसलाई व्यवस्थित गर्न विधानमै प्रस्ट उल्लेख गर्नुपर्ने उनीहरूको तर्क छ। ६४ जिल्ला सभापतिको उक्त भेलामा सहभागी भएका जिल्ला सभापतिहरूले पार्टीमा अभिलेख राख्ने परम्पराको विकास गर्नुपर्ने समेत बताएका छन्।

कांग्रेस नवलपरासी सभापति विष्णु लामछाने जिल्लामा रातदिन संगठन विस्तारमा खट्ने जिल्ला सभापतिलाई नै अधिकार दिनुपर्ने बताए। ‘जिल्लामा हामी रातदिन नभनी खटिरहेका छौँ। त्यहाँको अवस्था, भूगोल हामीले बुझेका छौँ’, उनले भने, ‘हामी जिल्लाबाट म्यान्डेट लिएका हौँ। त्यो सबै केन्द्रीय नेतालाई थाहा हुँदन। त्यसैले जिल्लादेखि तल्लो तहका नेताहरूलाई अधिकार दिनुपर्छ।’ उनले पार्टीमा अभिलेख राख्ने परम्पराको विकास विधानबाटै राख्नुपर्ने बताए।

यसअघिका विधानमा पनि तल्लो तहसम्म अधिकार दिने भनिए पनि निर्वाचनमा उम्मेदवार छनोट गर्दा अधिकार खोसिएको उनको भनाइ थियो। ‘पहिला पनि जिल्ला सभापतिको अधिकार विधानमा त लेखियो’, उनले भने, ‘तर कार्यान्वयन हुन सकेन।’

प्रकाशित मिति : बुधबार, मंसिर १२ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij