इरानमा सरकारले सार्वजनिक गरेको तथ्यांकभन्दा कोरोनाबाट मृत्यु हुनेको संख्या तेब्बर

इरानमा सरकारले सार्वजनिक गरेको तथ्यांकभन्दा कोरोनाबाट मृत्यु हुनेको संख्या तेब्बर

इरान-इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या सरकारले सार्वजनिक गरेको तथ्यांकभन्दा तेब्बर रहेको बताइएको छ ।

बीबीसमा उल्लेख गरेअनुसार इरानमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या भनिएकोभन्दा झण्डै तेब्बर र संक्रमितको संख्यामा पनि भनिएभन्दा दोब्बर रहेको देखिएको हो । इरान सरकारको तथ्यांकमा २० जुलाईसम्म कोभिड १९ बाट ज्यान गुमाउनेको संख्या झण्डै ४२ हजार देखिएको छ भने इरानको स्वास्थ्य मन्त्रालयले सो अवधिसम्म ज्यान गुमाउनेको संख्या १४ हजार चार सय पाँच मात्र रहेको बताएको थियो ।

इरानको स्वास्थ्य मन्त्रालयले २० जुलाईसम्म संक्रमित हुनेको संख्या दुई लाख ७८ हजार आठ सय २७ भनेकोमा वास्तविक संख्या चार लाख ५१ हजार २४ रहेको खुलेको हो । उक्त डाटा अज्ञात स्रोतले बीबीसीमा पठाएको थियो । डाटामा इरानभरका अस्पतालहरूमा दैनिक भर्नाका गरिएका बिरामीहरू, तथा नाम, उमेर, लिंग, लक्षणहरू, मिति र अस्पतालमा बसेको अवधि र अन्तर्निहित अवस्थाहरूसहित रहेका बिरामीहरूको विवरणहरू समावेश गरिएको थियो ।

सत्यमा प्रकाश पार्न र महामारीमा राजनीतिक खेल समाप्त गर्न स्रोतले यो तथ्यांक बीबीसीसँग साझा गरेका हुन् । संक्रमणको सुरुवाति चरणमा इरान चीन बाहिर सबैभन्दा बढी प्रभावित भएको देश रहेको थियो । अहिले फेरि इरानमा महामारीको दोस्रो लहर सुरु भएको छ ।

प्रकाशित मिति : सोमबार, साउन १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij