विराटनगर — प्रदेश १ का सदस्यहरूलाई लगाउने लोगो तयार पारिएको छ । महिला र पुरुषका हत्केलामाथि भोजपुरे खुकुरी, त्यसमाथि लालीगुराँसका थुङगा अनि मास्तिर धानका बालाले घेरिएका प्रदेश १ का १४ जिल्लाको बीचमा सप्तकोसी नदिको शीरमा विश्वको उच्च सगरमाथा हिमालको चुचुरोमा नेपालको राष्ट्रिय झन्डा भएको लोगो बनाइएको हो ।
इटहरीका मूर्तिकार विक्रम श्रीले कला भरेको यो लोगो आकर्षक देखिन्छ । प्रदेशसभा कार्य व्यवस्था परार्मश समितिले यही लोगोलाई पारित गरेको छ । एक महिनाअघि सार्वजनिक सूचना प्रकाशित गरी लोगोको नमुना मागिएको थियो ।
प्रदेशसभा सचिवालयमा जम्मा २ वटा लोगो प्रतिस्पर्धामा आएका थिए । ‘त्यसमध्ये यही लोगोलाई पारित गरेका छौं,’ सभामुख प्रदिपकुमार भण्डारीले भने, ‘ ग्रे कलरको कोट हाम्रो सभाको पोसाक हुने भएको छ ।’ प्रदेश १ मा पोसाक भने कोटमा मात्र सीमित गरिएको छ । अन्य प्रदेशमा पोसाककै बारेमा विवाद आइरहेका बेला प्रदेश १ ले महिला पुरुष सदस्यहरूलाई कोट मात्र अनिवार्य गरेको हो ।
प्रकाशित मिति : बुधबार, जेष्ठ २ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्