विश्वमा संक्रमित संख्या दुई करोड नाघ्यो

विश्वमा संक्रमित संख्या दुई करोड नाघ्यो

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वमा दुई करोड नाघेको छ ।

एकै दिन दुई लाख १२ हजार एक सय १४ जना नयाँ बिरामी थपिएपछि विश्वमा संक्रमित संख्या दुई करोड नौ हजार ६३ पुगेको हो । कोरोनाका कारण ज्यान गुमााउनेको संख्या सात लाख ३३ हजार तीन सय ६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै चार हजार पाँच सय ५१ जनाको कोरोनाका कारण मृत्यु भयो । एक करोड २८ लाख ८७ हजार एक सय ७६ जनाले कोरोना पराजित गरेका छन् ।

६३ लाख ८८ हजार पाँच सय २६ जना उपचाररत रहेकोमा ६४ हजार नौ सय २२ जनाको अवस्था गम्भीर छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा एकै दिन ४७ हजार आठ सय १६ नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ५१ लाख ९९ हजार चार सय ११ पुगेको छ । विश्वमा संक्रमित हुनेमध्ये चार भागको एक भाग अमेरिकामा मात्रै छन् ।

कोरोनाकै कारण एक लाख ६५ हजार छ सय आठ जनाको मृत्यु भइसकेको छ । २६ लाख ६४ हजार छ सय १२ जनाले कोरोना जितेका छन् । २३ लाख ६९ हजार एक सय ९१ जना उपचाररत रहेकोमा १७ हजार आठ सय ९७ जनाको अवस्था गम्भीर छ ।

कोरोनाबाट प्रभावित हुनेमध्ये दोस्रो नम्बरमा रहेको ब्राजिलमा हालसम्म ३० लाख ३५ हजार पाँच सय ८२ जनामा संक्रमण पुष्टि भएको छ । एक लाख एक हजार एक सय ३६ जनाको मृत्यु भइसकेको छ ।

२१ लाख १८ हजार चार सय ६० जना उपचारपछि निको भएका छन् । आठ लाख १५ हजार नौ सय ८६ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ ।

भारतमा पछिल्लो २४ घण्टामा ६२ हजार एक सय १७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २२ लाख १४ हजार एक सय ३७ पुगेको छ । ४४ हजार चार सय ६६ जनाले ज्यान गुमाएका छन् ।

१५ लाख ३४ हजार दुई सय ७८ जना निको भएका छन् । छ लाख ३५ हजार तीन सय ९३ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : सोमबार, साउन २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij