भारतमा संक्रमित संख्या ३० लाख नाघ्यो

भारतमा संक्रमित संख्या ३० लाख नाघ्यो

भारत-कोरोना भाइरसको संक्रमण दर उच्च रहेको छिमेकी मुलुक भारतमा संक्रमित संख्या ३० लाख नाघेको छ । भारत विश्वमा संक्रमणबाट प्रभावित हुने मुलुकमध्ये तेस्रो नम्बरमा पर्छ ।

एकै दिन ७० हजार ६८ जना नयाँ बिरामी थपिएसँगै संक्रमित संख्या ३० लाख ४३ हजार चार सय ३६ पुगेको हो । कोरोनाका कारण भारतमा हालसम्म ५६ हजार आठ सय ४६ जनाको मृत्यु भइसकेको छ ।

२२ लाख ७९ हजार नौ सय जना उपचारपछि निको भएका छन् । सात लाख छ हजार छ सय ९० जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

कोरोनाका कारण विश्वमा सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा हालसम्म ५८ लाख ३८ हजार नौ सय ३८ संक्रमित फेला परिसकेका छन् । पछिल्लो २४ घण्टामा ४२ हजार दुई सय एक जना नयाँ बिरामी थपिए ।

कोरोनाका कारण एक लाख ८० हजार एक सय ४३ जनाले ज्यान गुमाइसकेका छन् । ३१ लाख ४४ हजार पाँच सय ३५ जना उपचारपछि कोरोना पराजित गरेर डिस्चार्ज भइसकेका छन् । २५ लाख १४ हजार दुई सय ६० जना उपचाररत रहेकोमा १६ हजार सात सय ७० जनाको स्वास्थ्य अवस्था खराव छ ।

प्रभावित हुने मुलुकमध्ये दोस्रो नम्बरमा रहेको ब्राजिलमा हालसम्म ३५ लाख ८२ हजार छ सय ९८ जनामा संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा ४६ हजार दुई सय १० जना संक्रमित थपिए ।

एक लाख १४ हजार दुई सय ७७ जनाको मृत्यु भइसकेको छ । २७ लाख नौ हजार छ सय ३८ जना उपचारपछि कोरोना जितेर घर फर्किएका छन् । सात लाख ५८ हजार सात सय ८३ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको स्वास्थ्य अवस्था विग्रिएर गएको छ ।

विश्वमा हालसम्म कोरोना संक्रमितको संख्या दुई करोड ३३ लाख ५७ हजार सात सय ४३ पुगेको छ । एकै दिन विश्वमा दुई लाख ४९ हजार तीन सय १७ जना नयाँ संक्रमित थपिए ।

आठ लाख सात हजार छ सय ८० जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा विश्वमा पाँच हजार ८० जनाको कोरोनाका कारण मृत्यु भयो ।

एक करोड ५८ लाख ८८ हजार नौ सय ७४ जनाले उपचारपछि कोरोना पराजित गरेका छन् । ६६ लाख ६१ हजार ८९ जना उपचाररत रहेकोमा ६१ हजार आठ सय २९ जनाको अवस्था चिन्ताजनक छ ।

प्रकाशित मिति : आइतबार, भाद्र ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij