काठमाडौ । मदन भण्डारीको २५औं स्मृति दिवसको अवसर पारेर एमाले र माओवादीले पार्टी एकता गर्ने अन्तिम तयारी गरेका छन् । २०५० जेठ ३ मा दासढुंगा दुर्घटनामा परी भण्डारीको निधन भएको थियो ।
केही नाटकीय घटनाक्रम विकसित भएन भने भोलि एमाले र माओवादीवीच पार्टी एकताको घोषणा हुँदैछ । उच्च राजनीतिक स्रोतका अनुसार भोलि विहान ७ बजे मदन भण्डारीको शालिकमा दुवै पार्टीका नेताले माल्यापर्ण गर्ने, त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने र साँझ ५ बजे पत्रकारसम्मेलन गरेर पार्टी एकताको घोषणा गर्ने तयारी भएको छ । तर, आमसभा चाहिँ भने केही दिनपछि गरिनेछ ।
आज विहान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच अन्तिम छलफल भएपछि भोलि पार्टी एकता गर्ने सहमति बनेको हो । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको वान टु वान वार्ता भएको थियो ।
आज विहानको वान टू वान बैठकपछि ओली र प्रचण्डले हर्षित मुद्रामा फोटो खिचाएका थिए । ‘अव एकताका लागि औपचारिकता मात्र वाँकी रहेको छ ’ स्रोतले भन्यो ।
पार्टी एकता घोषणाका लागि दुवै पार्टीले आन्तरिक तयारीलाई तिव्र पारेका छन् । यसका लागि दुवै पार्टीले आन्तरिक तयारी शुरु गरेका छन् ।
प्रकाशित मिति : बुधबार, जेष्ठ २ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्