बुटवलका ३१ सहित रुपन्देहीमा ७३ संक्रमित थपिए

बुटवलका ३१ सहित रुपन्देहीमा ७३ संक्रमित थपिए

बुटवल-रुपन्देहीमा पछिल्लो २४ घण्टामा मंगलबार रुपन्देहीमा हाल सम्मकै बढी थप ७३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार  ४३ पुरुष र ३० महिलामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमित हुनेमा बुटवल उपमहानगरपालीकाका ३१, तिलोत्तमा नगरपालिकाका २०, सिद्धार्थनगर नगरपालिकाका ५, देवदह नगरपालिकाका १, रोहिणी गाउँपालिकाका १५ र सियारी गाउँपालिकाका १ जना रहेका छन् ।

सोमबार राती लुम्बिनी प्रादेशिक अस्पतालले सार्वजनिक गरेको तथ्यांकमा समावेश भएको संख्या समेत यसमा जोडिएको छ।

आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार ७४ पुगेको छ भने मृतकको संख्या १० पुगेको छ। जिल्लामा ४३५ जना निको भएर फर्किसकेका छन भने ६२९ जना सक्रिय संक्रमित विभिन्न आइशोलेशनमा उपचाररत छन्।

प्रकाशित मिति : मंगलबार, भाद्र १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij