मुस्लिम अगुवा अकरम पठान लगायत अन्य द्वारा प्रदेश सरकारलाई अब्दुल्लाह शव प्रकरणबारे ध्यानाकर्षण

मुस्लिम अगुवा अकरम पठान लगायत अन्य द्वारा प्रदेश सरकारलाई अब्दुल्लाह शव प्रकरणबारे ध्यानाकर्षण

बुटवल-अब्दुल्लाह होटल बुटवलका संचालक तौहीद अंसारीको कोरोना पोजिटिभका मृत्यु भए पश्चात परिवारलाई शव न बुझाएको कारण समुदायमा आक्रोश र संका उतपन्न भएको थियो । हिजो भदौ १५ गते आदिल टाइम्स ले उक्त समाचार सम्प्रेषण गरे लगत्तै मुस्लिम अगुवाहरूको साथै सर्वसाधारण अन्य धर्मावलम्बीमा समेत अन्याय तथा ज्यादती भएको आवाज लाई समेटेर आज प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसी समक्ष गम्भीर ध्यानाकर्षण गराएका छन् । मुस्लिम अगुवाहरूको टोलीले आज सामूहिक रुपमा प्रदेश सरकार लाई भेटका छन । टोलीले तौहीद अंसारी को शव घरपरिवार लाई न दिनु को साथै मृतक लाई समुदायको परम्परा अनुसार अंत्येष्टि गर्न पाउने अधिकार बाट समेत बंचित गरेको प्रदेश सरकारको कार्य प्रति विरोध गरेको छन । नेपाल कम्युनिस्ट पार्टी का केन्द्रिय सदस्य सिराज फ़ारुकीले प्रदेश सरकारले पनि गलती भएको स्वीकार गर्दै आईन्दा यस्तो न हुने विश्वास व्यक्त गरेको जानकारी दिए।प्रदेश सरकार मंत्रिपरिषद को मिती २०७७ जेष्ठ ३० गतेको (Covid-19) कोरोना भाइरसका कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापन सम्बन्धी कार्यविधि २०७७”निर्णयमा शव को अन्तिम संस्कार सम्बन्धित समुदायको जातिय तथा सामुदायिक मूल्य मान्यताको ख्याल गरि घरपरिवार सँग समन्वय गरेर अंत्येष्टि गर्ने निर्णय रहेको छ। प्रदेश सरकार द्वारा गठित व्यवस्थापन कार्यविधि अनुसार हरेक मृतक व्यक्तिको शवलाई निर्णय बमोजिम व्यवहार गर्न गराउने कुरा प्रति हाम्रो मांग रहेको तत्कालीन समाजवादी फोरम पार्टीका प्रदेश प्रवक्ता अकरम पठान ले बताए। प्रदेश नं ५ मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मशहूद खां नेपाली अनुसार छिटो नै आफूहरू मुख्यमंत्री सङ्ग भेटनुको साथै जिल्ला प्रशासन बारे आगामी दिनमा यस्तो घटना हुन न दिन सचेत गराउने कार्य हुने छ भन्ने जानकारी समेत दिनु भए। आज भदौ १६ गते आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसी सङ्ग भेटने टोलीमा नेपाली कांग्रेस निकट मुस्लिम संघका उपाध्यक्ष अकील मियां , राष्ट्रिय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अल्कुफि लगायत दर्जनौं नेताहरूको उपस्थिति थियो ।सभार आदिल टाइमस

प्रकाशित मिति : बुधबार, भाद्र १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij