बुटवल-लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना संक्रमित महिलाको बिहीवार मृत्यु भएको छ ।
रुपन्देहीको सैनामैना ११, सालझण्डीकी ७७ वर्षीया महिलाको बिहीबार बिहान साढे ४ बजे मृत्यु भएको कोरोना विशेष अस्पताल बुटवलका फोकल पर्सन डा.सुदर्शन थापाले बताउनुभयो ।उनको इमरजेन्सी एक्स्पर्ट टेस्टबाट पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । उनलाइ बुधबार साँझ ७ बजे अस्पताल ल्याइएको थियो ।
गत ३ दिनदेखि खोकी लाग्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समस्या भएकी महिलालाई अक्सिजन दिई उपचार गरिएको र श्वास लिन नसकेपछि मृत्यु भएको डा. थापाले जानकारी दिनुभयो। हाल लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा २ जना कोरोना संक्रमित उपचाररत छन् ।
प्रकाशित मिति : बिहिबार, भाद्र १८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्