बाग्लुङ बाढी पहिरो अपडेट : १० जनाको शव भेटियो

बाग्लुङ बाढी पहिरो अपडेट : १० जनाको शव भेटियो

 

बाग्लुङ – बाग्लुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढी पहिरोमा हराइरहेका मध्ये अहिलेसम्म १० जनाको शव भेटिएको छ ।

नगरपालिकाको वडा नम्बर ७, ८ र ९ को तटीय बस्तीमा भुजी खोलाको बाढी पस्दा ४१ जनाकाे अवस्था अझै थाहा हुन नसकेकाे जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।

हराउनेकाे सङ्ख्या अझ बढ्न सक्ने जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

बाढीले ३१ घरमा पूर्ण क्षति पुर्‍याएकाे छ । अरु थुप्रै घरमा क्षति पुगेको छ ।  घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाले उद्धार गरिरहेको छ । घटनामा अहिलेसम्म चार जना घाइते भएको भेटिएको प्रहरीको भनाइ छ ।

वर्षासँगै बुधबार राति १२ बजेतिर आएको बाढीले बस्तीका घर बगाएको घटनास्थलमा रहनुभएका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख, प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रकाश सिंह भण्डारीले जानकारी दिनुभयो ।

माथितिर कुनै ताल फुटेर वा खोला थुनिएर बाँध बनी एक्कासी बाढी आएको हुन सक्ने ढोरपाटन नगरपालिकाका उपमेयर करमती पुन मगरले बताउनुभयो ।

प्रकाशित मिति : बिहिबार, भाद्र १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij