बाढीले बेपत्ता बनाएकामध्ये १४ जनाको शव भेटियो

बाढीले बेपत्ता बनाएकामध्ये १४ जनाको शव भेटियो

बागलुङ– बागलुङको ढोरपाटन नगरपालिका–९ मा बाढीले बगार बेपत्ता भएकामध्ये हालसम्म १४ जनाको शव फेला परेको छ ।

शव भेटिएकामध्ये ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विकको मात्रै पहिचान खुलेको छ । १० जनाको सनाखत हुन सकेको छैन । पहिचान भएकाहरुको शव पोस्टमार्टम गरिने र बेपत्ताहरुको खोजीलाई तीव्रता दिने डीएसपी राजेन्द्र रेग्मीले बताए ।

बुधबारराति आएको बाढीले बगाएर बेपत्ता बनाएका ३६ जनाको अवस्था अझै अज्ञात छ । रेग्मीले भेटिएका शव क्षतिविक्षत अवस्थामा रहेकाले पहिचान गर्न गाह्रो परेको बताए ।

पहिरोले फलेघर र सुपुर्दुङका दर्जन बढी घर बगाएको छ । वडा नम्बर ८ का ४० घर बगाएको छ । बस्ती भएको स्थानमा अहिले खोला बगेको छ । ढोरपाटन जाने सडकको देउरालीबाट खसेको पहिरोले भुजीखोला थुनिएर ताल बनेको र त्यसपछि बाढी आउँदा ठूलो क्षति पुगेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : शुक्रबार, भाद्र १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij