कृष्णनगर- २१ मित्र राष्ट भारत सिद्धार्थनगर जिल्लाको बढ्नी एस. एस. बी. का सहायक कमान्डेंट गौरव प्रताप सिंह लाई सम्मान सहित बिदाई गरिएको छ । गौरव प्रताप सिंह बढ्नी सिद्धार्थनगर बाट अरुणाचल प्रदेश मा सरूवा भएर जाने समयमा उक्त सम्मान र बिदाई गरिएको इण्डो नेपाल सामाजिक मंचका सदस्य वृजेश कुमार गुप्ता ले जानकारी दिए । इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष अकरम पठानले उहांको कार्यको सरहना गर्दै उज्जवल भविष्य को कामना गर्दै सफल कार्यकालको शुभकामना दिदै सम्मानित गरेका थिए । उद्योग वाणिज्य संघ कृष्णनगरका पूर्व अध्यक्ष गुरु शरण सिंह (बन्टी सरदार), इण्डो नेपाल सामाजिक मंचका सदस्य प्रितम कशौधन लगायतको उपस्थित रह्यो ।
प्रकाशित मिति : आइतबार, भाद्र २१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्