बुटवल-नेपाली काँग्रेसले प्रदेश नं. ५ को सरकार कोरोना संक्रमण रोकथाम,नियन्त्रण र उपचारमा दिशाविहिन बन्दै गएको ठहर गरेको छ । प्रदेश सरकार दिशाविहीन र योजनाविहीन बनेकै कारण संक्रमण नियन्त्रण बाहिर जान थालेको र आर्थिक सामाजिक संकट चुलिदै गएको ठहर काँग्रेसले गरेको हो । प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल काँग्रेसले कोरोना नियन्त्रण र उपचारमा प्रदेशको तयारी निकै फितलो भएको भन्दै प्रदेस सरकारसंग संक्रमण नियन्त्रण गरी नागरिकको जीवन सहज बनाउन अल्पकालिन र दीर्घकालीन योजना बनाउन माग गरेको छ ।
काँग्रेस संसदिय दलका नेता बिरेन्द्रकुमार कनौडीयाले संक्रमण नियन्त्रण गर्दै आम नागरिकको जीवन सहज बनाउन अल्पकालिन र दीर्घकालीन योजनाको माग गर्दै मुख्यमन्त्री शंकर पोखरेललाइ ध्यानाकर्षण गराउनु भएको हो । कोरोना संक्रमण रोकथाम र उपचारको तयारीप्रति सरकार समयमै गम्भिर नहूँदा संक्रमण नियन्त्रण बाहिर जान थालेको र त्यसले आम नागरिकको जीवन संकटमा परेको मुख्यमन्त्रीलाइ बुझाइएको पत्रमा उल्लेख छ ।
संक्रमण नियन्त्रणकालागी गर्नु पर्ने तयारी नै नगरी लकडाउन र निषेधाज्ञामा भर परेको भन्दै काँग्रेसले अहिले भइरहेका निषेधाज्ञा ठोस अध्ययनका आधारमा नभइ हचुवाका भरमा गरीएको बताएको छ । कतिपय स्थानमा समुदायमै संक्रमण पसीसकेको अबस्थामा स्थानीय प्रशासनलाइ देखाएर सरकार संक्रमण रोकथाम र उपचारको जिम्मेबारीबाट पन्छिएको आरोप काँग्रेसको छ । ‘समयमै उपचार नपाएर संक्रमितले ज्यान गुमाइरहेका छन । कोरोना कहरले आम नागरिकको जीवनमा सामाजिक आर्थिक संकट चुलीदो छ । यो संकटको घडीमा सरकारले देखाएको निष्क्रियता र संवेदनहिनताको हामी घोर भ्रत्सना गदर्छौ’ काँग्रेसले मुख्यमन्त्रीलाइ पठाएको बिज्ञप्तीमा भनिएको छ ।
सबै अस्पतालहरुमा कोरोनाका संक्रमितलाइ राखीने कुरा व्यवहारिक नभएको भन्दै काँग्रेसले आवश्यकता अनुरुप केही निजी अस्पतालहरुलाइ कोरोना अस्पतलाको रुपमा बिस्तार गर्न माग गरेको छ । संक्रमतिको उपचारकालागि अक्सिजन, सघन उपचार,तथा भेन्टिलेटरको प्रयाप्त व्यवस्था गर्न,संक्रमणको सर्भिलेन्स र ट्रेसिङको आधारमा पिसिआर परिक्षणालाइ व्यापक बनाउन,आइसोलेसन,क्वारेन्टिनको उचित व्यवस्था गर्न माग गरीएको छ । संक्रमण नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी,सुरक्षाकर्मीले पाउनु पर्ने जोखीम भत्ता समयमै उपलब्ध गराउन र किसानलाइ रसायनिक मलको सहज आपुर्तिकालागि माग गरीएको छ ।
प्रकाशित मिति : आइतबार, भाद्र २१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्