बुटवल-बुटवलका २३ सहित रुपन्देही जिल्लामा आइतबार थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशका बिभिन्न प्रयोगशालाहरुमा गरिएको पिसिआर परिक्षणका क्रममा बुटवलका २३ सहित रुपन्देही जिल्लामा आइतबार थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
यससँगै रुपन्देही जिल्लामा कोरोना भााइरस संक्रमित हुनेको संंख्या १ हजार २ सय ८८ पुगेको छ ।
रुपन्देही जिल्लामा आइतबार सबैभन्दा धेरैै बुटवल उपमहानगरपालिकाका २३ जना, तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकाका ४÷४ जना तथा रोहिणी गाउपालिकाका १ जना गरी ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
जिल्लामा हालसम्म ६ सय ४५ जना कोरोना भााइरस संक्रमित उपचार पछि निको भएर घर फर्कीएका छन भने ६ सय २९ जना उपचाररत रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
रुपन्देही जिल्लाका १४ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
प्रकाशित मिति : आइतबार, भाद्र २१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्