राष्ट्रिय वाल दिवशमा निवन्ध लेखन प्रतियोगिता

राष्ट्रिय वाल दिवशमा निवन्ध लेखन प्रतियोगिता

 

बुटवल – राष्ट्रिय बाल दिवस, २०७७ को अवसरमा सोमवार सामाजिक विकास मन्त्रालयले निवन्ध प्रतियोगिता तथा शुभकामना आदान प्रदान गरेको छ । मन्त्रालयले आयोजना गरेको वन्दावन्दीमा सिकाईका सम्भावना र अवसर विषयक प्रदेश स्तरीय खुल्ला निवन्ध प्रतियोगिताको नतिजा सार्वजनिक तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्वोधन गर्दे सामाजिक मन्त्री सुदर्शन वरालले वालवालिकाको संरक्षण प्रवद्र्धनको लागि सवैको प्रतिवद्धता व्यक्त गर्नु पर्ने बताउनु भएको छ ।

उहांले प्रदेश सरकारले वालमैत्री संरचना, निति कार्यक्रमलाई आत्मसाथ गरको बताउनुहुदै वालवालिकाको अन्तरनिहित प्रतिभाको उजागर संरक्षण र प्रवद्र्धन गर्न जरुरी रहेको बताउनु भयो । आजका वालवालिका भोलीका कर्णधार भएको बताउनुहुदै विपदमा वालअधिकारको सुनिश्चितता सबैको साझा प्रतिवद्धता भएकोमा जोड दिनुभयो ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव माहादेव पन्थ ज्यू , शैक्षिक योजना तथा अनुसन्धान महाशाखा प्रमुख एवं उपसचिव थानेश्वर ज्ञवाली सामाजिक विकास महाशाखा प्रमुख शारदा बस्याल बेल्वासे  लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतियोगितामा १२ वटै जिल्लाका १ सय २९ प्रतियोगि सहभागी हुनुहुन्थ्यो । प्रतियोगितामा पाल्पाका सेन मा वि कक्षा ९ का सविन ज्ञवाली प्रथम हुनु भएको छ । त्यसैगरी परिवर्तन २ रोल्पा जनसेवा नमुना मा विका कर्णबहादुर रानामगर दोश्रो र खजुरा बाँके ज्ञानोदय नमुना मा विका दीपशिखा भण्डारी तृतीय हुनु भएको छ ।

सिस्ने ३ रुकुमपूर्व जनता मा वि जीवन खत्रि, घोराही १८ दाङ श्री मा वि रझेनाकी प्रमिला कुंवर, सैनामैना रुपन्देही सैनामैना पर्रोहा परमेश्वर मा वि निकिता भण्डारी, सिस्ने ३ रुकुमपूर्व जनता मा विका पुष्पराज के सी, पाणिनी ७ अर्घाखाँची विद्याविनोद मा विका अंशु पौडेल, सुनवल ४ नवलपरासी रमवापुर मा विकी अञ्जली विश्वकर्मा, ऐरावती २ प्युठान मोति मा वि आश्विना पाण्डे, बारबर्दिया ७ बर्दिया भृकुटी मा वि सम्झना ज्योती, सुनवल नवलपरासी वागवाणी मा वि लक्ष्मी खवास, सुनवल नवलपरासी महाकवी देवकोटामा विका अमृत पाण्डेले सान्तवना स्थान प्राप्त गर्नु भएको छ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय र सान्तवनाले क्रमस १५ हजार ,१० हजार ७ हजार र २ हजार रुपैया र प्रमाणपत्र प्राप्त गर्नु भएको छ ।

सामाजिक विकास मन्त्रालय अन्तर्गतका ६ वटा सामाजिक विकास डिभिजनको आयोजना स्थानीय तहका विद्यालयको सहभागितामा जिल्ला स्तरीय विभिन्न प्रतियोगिता कार्यक्रम गरेका छन । दिवशको अवसरमा निवन्ध, कविता प्रतियोगिता आयोजना गरिएको थियो ।

 

 

प्रकाशित मिति : सोमबार, भाद्र २९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij