पश्चिम नवलपरासीमा २ लाख ८५ हजार मुल्य बराबरको अबैध काठ तथा बिभिन्न मालसमान बरामद 

पश्चिम नवलपरासीमा २ लाख ८५ हजार मुल्य बराबरको अबैध काठ तथा बिभिन्न मालसमान बरामद 

नवलपरासी-जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्लाको बिभिन्न स्थानबाट २ लाख ८५ हजार ५ सय  १८ मुल्य बराबरको अबैध काठ तथा बिभिन्न मालसमान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार बुधबार प्रहरी चौकी बासाबाट खटिएको प्रहरी टोलीले सरावल गाउपालिका वडा नम्बर २ देवीनगर स्थित ६ वटा साइकलमा राखि ल्याउदै गरेको  सात थान ९८.२१ क्युफिट ० सालको चिरान काठ, साइकल र ६ जना मानिस सहित नियन्त्रणमा   लिएको छ । उक्त काठ , ६ जना मानिस , र ६ वटा साइकल समेत आवश्यक कारवाहीका लागी बर्दघाट सरावल सब डिभिजन बन कार्यालयमा बुझाइएको र उक्त काठको मुल्य करिब ३२ हजार ८ सय ४० रुपैया रहेको प्रहरीले जनाएको छ । यस्तै गरी बुधबार नै अस्थाइ प्रहरी बिट भुमहीबाट खटिएको प्रहरी टोलीले सुनवल नगरपालिका वडा नम्बर १२ महामाया रोड स्थित लु १७ प ६३४३  नम्बरको मोटरसाइकलमा राखि ल्याउदै गरेको ४ थान ९४.८२ क्युफिट ० सालको चिरान काठ नियन्त्रणमा लिएको छ । अन्दाजी १५ हजार मुल्य बराबर रहेका उक्त काठ र मोटर साइकल समेतलाइ  आवश्यक कारवाहीका लागी डिभिजन बन कार्यालय परासीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।
यस्तै गरी इलाका प्रहरी कार्यालय अमानिगंजबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारत तर्फ लैजादै गरेको अन्दाजी ६४ हजार मुल्य बराबरको २६ बोरामा ८ सय किलो हरीयो मटर पाल्हिनन्दन गाउपालिका वडा नम्बर  २ मुडेराबाट बरामद गरेको छ । उक्त मटर मानिसले टाउकोमा बोकी लैजादै गर्दा प्रहरी टोलीलाइ देखि बोरा फाली मानिस भागेको प्रहरीले जनाएको छ । बरामद भएको मटर आवश्यक कारवाहीका लागी महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ। यस्तै गरी सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी ६८ हजार ६ सय ७८ मुल्य बराबरको बिभिन्न कस्मेटिक तथा मोटरसाइकलका पार्टपुर्जा पाल्हिनन्दन गाउपालिका वडा नम्बर १ रमपुरवाबाट बरामद गरेको छ । यस्तै गरी  भारतबाट  नेपाल तर्फ अबैध रुपमा ल्याउदै गरेको अन्दाजी १ लाख ५ हजार मुल्य बराबरको लेडिज कुर्ता, सुरुवाल लगायत बिभिन्न कपडा सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले पाल्हिनन्दन गाउपालिका वडा नम्बर १ गोपालपुरबाट बरामद गरेको जनाएको छ । उक्त मालसमान मोटरसाइलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाइ देखी सामान फालेर मानिस मोटरसाइकल सहित भागेका थिए । बुधबार बरामद भएको सबै मालसमान आवश्यक कारवाहीका लागी महेशपुर भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिनु भयो ।
Attachments area

प्रकाशित मिति : बिहिबार, असोज १ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij