बुटवल उद्योग बाणिज्य संघको साधारण सभा तथा अधिवेशन यहि असोजमा हुने

बुटवल उद्योग बाणिज्य संघको साधारण सभा तथा अधिवेशन यहि असोजमा हुने

बुटवल-बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको वार्षिक साधारण सभा तथा अधिवेशन यहि असोजमा हुने भएको छ । संघको सोमबार बसेको कार्यसमिति बैठकले संघको ६७ औं वार्षिक साधारण सभा तथा २४ औं अधिवेशन यहि असोजको २८, २९ र ३० गते गर्ने निर्णय गरेको हो । संघले साधारण सभा तथा अशिवेन गर्ने निर्णय गरेपनि कोरोना भाईरस (कोभिड–१९) महामारीका कारण सरकारले सभा सम्मेलन गर्न रोक लगाएकोले अन्यौल भने कायमै छ ।
बैठकले साधारण सभा तथा अधिवेशन सम्पन्न गर्नकालागि बिभिन्न तयारी समिति समेत गठन गरेको छ । बैठकले साधारण सभा तथा अधिवेशन सम्पन्न गर्नका लागि कार्यसमिति सदस्यहरु प्रकाशकुमार श्रेष्ठको संयोजकत्वमा हल तथा निर्वाचन स्थल व्यबस्थापन समिति, मुक्ति अधिकारीको संयोजकत्वमा किट व्याग तथा रजिष्ट्रेसन समिति, प्रतिक पोखरेलको संयोजकत्वमा प्रस्ताव समिति, बसन्तप्रसाद ढकालको संयोजकत्वमा खाना तथा जलपान व्यबस्थापन समिति, धनकुमारी खनालको संयोजकत्वमा स्वागत तथा व्याच समिति र करुण खनालको संयोजकत्वमा सदस्यता मत सर्वेक्षण समिति गठन गरिएको संघमा महासचिव दिनेकप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
संघका अध्यक्ष खिमबहादुर हमालको अध्यक्षतामा बसेको बैठकले अधिवेशन सम्पन्न गर्नका लागि ३ सदस्यीय निर्वाचन समिति समेत गठन गरेको छ । बैठकबाट संघका कानुनी परामर्शदता अधिवक्ता बाबुराम पाण्डेलाई प्रमुख निर्वाचन अधिकृत तथा अधिवक्ता गोबिन्द मरासिनी र पत्रकार खिमानन्द भट्टराईलाई निर्वाचन अधिकृतको जिम्मेवारी प्रदान गरिएको हो ।
त्यस्तै संघले स्थापना गरेको आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्नका लागि संघका पूर्व अध्यक्ष तथा सल्लाहकार अर्जुनमान सैंजुको संयोजकत्वमा पुरस्कार छनौट समिति तथा उद्यमी व्यबसाय सम्मानका लागि पूर्व अध्यक्ष नवराज श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको महासचिव श्रेष्ठले बताउनु भयो ।

 

प्रकाशित मिति : सोमबार, असोज ५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij