बुटवल– बुटवल धागो कारखानामा रहेको बुटवल कोरोना विशेष (अस्थायी)अस्पतालमा उपचाररत पश्चिम नवलपरासी र कपिलवस्तुका एक–एक जना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार मृतक दुबैजनाको सात दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो ।
कलेजो र मिर्गौलाका दीर्घ रोगी नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–३ का ४९ वर्षीय पुरुषको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो । उनी गत भदौ २७ गते अस्पताल भर्ना भएका थिए ।
यस्तै कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतममका अनुसार उनी मधुमेह र मिर्गौलाका दीर्घ रोगी थिए । उनी असोज १ गते अस्पताल भर्ना भएका थिए ।
प्रकाशित मिति : बिहिबार, असोज ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्