स्याङ्जा – स्याङजाको वालिङ नगरपालिका १४ तमादीमा पहिरोले एउटा घर पुर्दा एकै परिवारका ९ जनाको मृत्यु भएको छ। एक जनाको जिवितै उद्धार गरिएको छ। मृत्यु हुनेहरुमा ६० वर्षिया सानी नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षी दिपक नेपाली, २८ वर्षीया उमाकला नेपाली, २१ वर्षीय कुलदीप नेपाली, १४ वर्षीय विक्रम नेपाली, १६ वर्षीया विनिता नेपाली, ९ वर्षीय दिवस नेपाली र ७ महिने शिशु रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार मनिषा नेपालीको उद्धार गरेर उपचारका लागि पोखरा पठाइएको छ। राति सुतिरहेका बेला आएको पहिरोले परिवारै सखाप पारेको हो। यस्तै स्याङ्जाकै कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ विर्घामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १७ वर्षीय विष्णु परियार रहेका छन्। राति २ बजे आएको पहिरोमा अरुले भने जोगिएर उम्कन सफल भएका थिए।
प्रकाशित मिति : बिहिबार, असोज ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्