बुटवल-निरन्तरको अबिरल बर्षासँगै तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका वडा नम्बर १७ रानीगंज बस्तिमा दुई घर बगाएको छ ।
तिनाउ नदीमा आएको बाढीले बिहिबार दिउसो स्थानीय प्रेम कुमारी खाँम्चा र मंगली नेपाललीको टिनले छाएको ब्लकको घर बगाएको बुटवल उपमहानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष सन्त बहादुर रानाले जानकारी दिनुभयो ।बाढिले मानविय क्षति भने भएको छैन ।
सोहि स्थानकै अन्य १५ घर जोखिममा रहेका छन । सुकुम्वासी वस्ती रहेको तिनाउ नदी तटिय क्षेत्रमा ३ हजार बढी घर धुरी रहेका छन ।
तिनाउ नदीले खतराको तह नाघे पछि तिनाउ नदीको तटीय क्षेत्र र आसपासमा रहेका नागरिकहरुलाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
प्रकाशित मिति : बिहिबार, असोज ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्