काठमाण्डौ – कोरोनाको कारण गएको साता विदेशमा रहेका थप २१ नेपालीको ज्यान गएको छ ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, यूएईमा १ जना, युगान्डामा १ जना गरी गएको साता मात्रै थप २१ जना नेपालीको कोरोनाबाट ज्यान गएको पुष्टि भएको हो ।
शनिबार साँझसम्म १७ देशमा रहेका २ सय ६५ जना नेपालीको कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गएको स्वास्थ्य समितिले जनाएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले सङ्कलन गरेको तथ्याँक अनुसार शनिबार साँझसम्म ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ जना नेपालीमा कोरोना पुुष्टि भएको छ । तीमध्ये ३५ हजार ७८ जना कोरोनाबाट निको भएका छन् ।
यो कुल सङ्क्रमितमध्ये ९२ प्रतिशत हो । समितिका संयोजक डा। सञ्जीव सापकोटाका गएको साता पोर्चुगल, बेलायत, साउदी अरब, कुवेत, यूएई र अमेरिकामा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको हो ।
प्रकाशित मिति : आइतबार, असोज ११ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्