अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी संचालन

अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी संचालन

बुटवल ।

अबिरल वर्षा र पहिरोका कारण अवरुद्ध भएको सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकखण्ड एकतर्फी संचालनमा आएको छ।

शुक्रबार देखि अवरुद्ध रहेको सो सडकका ढुगा फोडेर एकतर्फी सडक सुचारु बनाइृएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । सडकमा ठूलो ढुंगालाई फोडेपछि दिउसो ३ः३० बजेपछि एकतर्फी गाडी चल्न थालेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डिल्ली नारोयण पाण्डेले जानकारी दिए ।

प्रहरीका अनुसार बुटवल पाल्पा सडकको सिद्धबाबा देखि चरचरेसम्ममा मात्र करीब १ दर्जनभन्दा बढी स्थानमा खसेको पहिरो हटाईएको छ । अधिकांश स्थानमा एकतर्फी मात्रै गाडी चल्नसक्ने गरि सडक खुलेको डीएसपी पाण्डेले बताए ।

शुक्रबार देखि सडकमै अलपत्र परेका लामो लाईनमा रहेका गाडीहरु सुचारु भएपनि पटक पटक जाम हुने र खुल्ने गरेको एकजना प्रत्यक्षदर्शीले बताए ।

प्रकाशित मिति : आइतबार, असोज ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij