बुटवल।
प्रदेश नं ५ को प्रदेशसभाले प्रदेशसभा नियमावली २०७४ संसोधन गर्ने तयारी गरेको छ ।
प्रदेश सभा सञ्चालन थप व्यवस्थित र काम कारबाहीलाई छिटो छरितो बनाउन नियमावली संसोधन गर्न लागिएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिए ।
नियमावलीमा रहेका कतिपय दफाहरु संघीय कानूनसँग बाझिएको र कतिपय दफाहरु अस्पस्ट,अव्यवहारीक प्रक्रियागत रुपमा झण्झटीलो समेत भएकोले तिनीहरुलाई समय सापेक्ष,व्यवहारीक बनाउन संसोधन गर्न लागिएको सभामुख घर्तीले बताए ।
प्रदेश सभा नियमावलीमा सुन्य,बिशेष समय र सार्वजनिक महत्वको बिषयका लागि समय छुट्याइएको भए पनि त्यसको स्पष्ट व्याख्या नहुँदा प्रदेश सभा सञ्चालनमा समस्या आउन सक्ने भएकोले पनि संसोधन आवश्यक रहेको उनको भनाई थियो ।
प्रदेश सभा सचिवालयका प्रवक्ता श्याम प्रसाद श्रेष्ठले नियमावलीको यि यि दफा संसोधन गर्ने भन्दा पनि समग्र नियमावलीको अध्ययन गरेर संसोधन गर्नुपर्ने बिषयहरु समेटेर मस्यौदा तयार गर्न प्रदेश सभा सदस्हरुको मस्यौदा समिति गठन भएको जानकारी दिए ।
आवस्यक परे विज्ञहरुसँग राय सल्लाह लिएर समितिले मस्यौदा तयार गर्न सक्ने उनले बताए ।
नियमावली संसोधनको मस्यौदा तयार गर्न प्रदेश सभामा सदस्यहरुको एक मस्यौदा समिती गठन भएको छ ।
असोज ८ गते बसेको प्रदेशसभा बैठकमा नेकपा संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले प्रदेश सभा नियमावली संसोधनको प्रस्ताव पेश गरेका थिए ।
सोही बैठकले प्रदेशसभा नियमावली २०७४ संसोधनको मस्यौदा तयार गर्न प्रदेश सभा सदस्यहरु सत्तारुढ नेकपाका तर्फबाट प्रदेशसभा सदस्यहरु पार्वती पुन,भोज प्रसाद श्रेष्ठ, चेतनारायण आचार्य र रेवतीरमण शर्मा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरु रमा अर्याल र फकरुद्धिन खांन तथा जनता समाजवादी पार्टीका सहषराम यादव रहेको समिति गठन गरेको थियो ।
शनिबार बसेको समितीका सदस्यहरुको बैठकले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका तर्फबाट रुपन्देही क्षेत्र नं २ ख बाट निर्वाचित सदस्य भोज प्रसाद श्रेष्ठलाई सभापतीमा चयन गरेको छ ।
समितीले बिज्ञहरु संग छलफल गरेर उनीहरुको राय सल्लाह र सुझावका आधारमा प्रदेश सभा नियमावली २०७४ संसोधनको मस्यौदा तयार गर्ने सभापती श्रेष्ठले जानकारी दिए ।
आगामी हिउदे अधिवेशनको प्रारम्भमै समितीले आफ्नो प्रतिवेदन पेश गर्ने सभापती श्रेष्ठले बताए ।
प्रकाशित मिति : आइतबार, असोज ११ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्