प्रदेश-५: राजधानी र नामकरणको प्रस्तावमा मतदान हुँदै

प्रदेश-५: राजधानी र नामकरणको प्रस्तावमा मतदान हुँदै

'प्रदेश ५ को राजधानी दाङको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप'

बुटवल- प्रदेश ५ को स्थायी राजधानी र नामकरणको प्रस्तावमा आज प्रदेशसभामा मतदान हुँदैछ । सरकारले शुक्रबार दर्ता गरेको नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी क्षेत्र हुने भन्ने प्रस्तावमाथिको छलफल सकिएपछि आज मतदान हुने भएको हो ।

सभामुख पूर्णबहादुर घर्तीले चित्त नबुझेमा संशोधन राख्न १८ घन्टाको समय घोषणा गरेका छन् । संशोधन दर्ताको समय मंगलबार साढे १० बजे सकिँदैछ । अहिलेसम्म एउटा मात्र संशोधन प्रस्ताव दर्ता भएको छ । जनता समाजवादी पार्टी, नेपालका तर्फबाट प्रदेशको नाम थारुहट–अवध–मगरात नामाकरण गर्न माग गर्दै संशोधन दर्ता भएको हो ।

आज १२ बजेका लागि डाकिएको बैठकको सुरुमा संशोधन दर्ता गर्ने संशोधनकर्तालाई सुरुमा बोल्ने मौका दिइने प्रदेशसभाका नेकपाका प्रमुख सचेतक एवं कार्य व्यवस्था परामर्श समितिका सदस्य भूमिश्वर ढकालले जानकारी दिए । उनका अनुसार त्यसलगत्तै प्रस्तावलाई मतदान प्रक्रियामा लैजाने तयारी छ ।

पारित होला त प्रस्ताव ?
प्रदेश ५ को प्रदेस सभामा कुल ८७ जना सांसद छन् । संविधानले प्रदेश सभाका कुल सदस्यको २ तिहाइ मतले प्रदेश राजधानी र नामाकरण गर्न सकिने व्यवस्था गरेको छ । यस अवस्थामा सरकारले पेश गरेको प्रस्ताव दुई तिहाईले पारित हुन् कुल ५८ मत चाहिन्छ ।

८७ जना प्रदेशसभा सदस्य रहेको प्रदेशसभामा नेकपाका मात्र ६१ सदस्य छन् । तीमध्ये सभामुखबाहेक ६० सदस्यले मतदान गर्नेछन् । यसबीच नेकपाको संसदीय दलको सोमबारको बैठकले प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेको छ ।

विपक्षमा मतदान गर्न कांग्रेसको ह्वीप
प्रदेश सरकारले ल्याएको प्रदेश पाँचको स्थायी राजधानी दाङको विपक्षीमा मतदान गर्न कांग्रेसले ह्वीप जारी गरेको छ । कांग्रेस सचेतक निर्मला क्षेत्रीले सरकारले ल्याएको प्रस्तावको विपक्षमा मतदान गर्न पार्टीले ह्वीप जारी गरेको जानकारी दिइन् ।

कांग्रेस बुटवलमै राजधानी यथावत् राख्ने पक्षमा छ । प्रदेशको नाम लुम्बिनी राख्नेबारे कांग्रेसको समर्थन नै रहेको देखिएको छ । प्रदेशसभामा कांग्रेसका १९ सांसद छन् । यीमध्ये केही सांसद दाङ नै राजधानी हुनुपर्नेमा छन् । प्रदेशसभामा जनता समाजवादीका ६ र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन् । उनीहरूले कता मतदान गर्छन् खुलिसकेका छैनन् ।

प्रकाशित मिति : मंगलबार, असोज २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij