काठमाडौं । प्रदेश ५ को नाम र राजधानी तोक्नका लागि मतदान सुरु भएको छ ।
सभामुख पूर्ण बहादुर घर्तीले मतदान प्रक्रियाहरु उल्लेख गरेपछि मतदान सुरु भएको हो ।
मतदानको पक्षमा मत खसाल्ने सांसदहरु प्रदेशसभा १ नम्बर ढोकाबाट बाहिरिएका छन् भने मतदानको विपक्षमा मत खसाल्ने सांसदहरु २ नम्बर ढोकाबाट बाहिरिएका छन् ।
प्रदेशसभामा पेस भएको नाम र राजधानीको प्रस्तावको पक्षमा मतदान गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलले ह्वीप जारी गरेको छ ।
यस्तै कांग्रेसले विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । प्रदेशका कुल ८७ सांसदमध्ये ६१ जना नेकपाका मात्रै छन् । यस्तै कांग्रेसका १९ सांसद छन् ।
प्रतिपक्षी कांग्रेसका केही सांसदहरूले पार्टीकाे ह्वीप नमान्ने अडान कसेका छन् । राजधानी र नामबारे आजै टुंगो लाग्नेछ ।
प्रकाशित मिति : मंगलबार, असोज २० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्