प्रदेश ५ को राजधानी दाङको भालुवाङ, नाम लुम्बिनी

प्रदेश ५ को राजधानी दाङको भालुवाङ, नाम लुम्बिनी

प्रदेश ५ ले राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी तोकेको छ । प्रदेश सभाको आज (मंगलबार) को बैठकले सर्वसम्मतमा प्रदेश ५ को नाम र लुम्बिनी तोकेको हो ।

प्रदेशसभामा कानुनमन्त्री आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले गत शुक्रबार दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा पेश गरेका थिए । साे प्रस्तावमा आज छलफल चलेको थियो ।

छलफलपछि भएकाे मतदान प्रक्रियामा उपस्थित ८२ सांसदमध्ये राजधानी दाङकाे प्रस्तावकाे पक्षमा ६९ सांसदले मतदान गरेका थिए भने विपक्षमा १३ सांसदले मतदान गरेका थिए ।  त्यसपछि प्रदेशकाे नामकाे प्रस्तावमा मतदान भएकाे थियाे । यसकाे पक्षमा ७९ सांसदले मतदान गरेका थिए भने ४ सांसदले विपक्षमा मतदान गरेका थिए । मतपरिणाम सुनाउँदै दुई तिहाई बहुमतबाट प्रदेशको राजधानी र नाम सर्वसम्मत पारित भएको सभामुखले घोषणा गरे ।

प्रदेशसभामा पेस भएको नाम र राजधानीको प्रस्तावको पक्षमा मतदान गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलले ह्वीप जारी गरेको थियाे भने कांग्रेसले विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेकाे थियाे ।

प्रदेशका कुल ८७ सांसदमध्ये ६१ जना नेकपाका मात्रै छन् । यस्तै कांग्रेसका १९ सांसद छन् । कांग्रेसका केही सांसदहरूले पनि प्रदेश ५ काे राजधानी दाङ र नाम लुम्बिनीकाे पक्षमा मतदान गरेका छन् ।

मतदानअघि मुख्यमन्त्री शंकर पोखरेलले विशेष समयमा बोल्दै राजधानी सर्यो भनेर चिन्ता नमान्न सबैमा आग्रह गरेका थिए । मुख्यमन्त्री पोखरेलले कुनै एक क्षेत्र विशेषमा केन्द्रित भए प्रदेश ५ को समग्र समृद्धिको परिकल्पना गर्न नसकिने जिकिर गर्दै राजधानी दाङको भालुवाङ नै उत्तम रहेको दाबी गरे ।

बैठकमा मुख्यमन्त्री पोखरेलले प्रदेशमा नेपालकै ठुलो चिडियाखाना, जिरसिंह रंगशाला बुटवलमा बनाउने प्रक्रिया अगाडी बढाइएको पनि जानकारी दिए । यस्तै नुवाकोटलाई केवलकारले जोड्ने तयारी गरिएको उनले योजना सुनाए ।

प्रकाशित मिति : मंगलबार, असोज २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij