बुटवल -प्रदेशको राजधानी दाङ सार्ने प्रस्ताव सदनबाट पास भएको बिरोधमा नेपाली काँग्रेस रुपन्देहीले आजको दिनलाइ कालो दिनको रुपमा मनाउने भएको छ ।
नेपाली काँग्रेस सहित रुपन्देहीबासी आन्दोलनमै रहेका बेला प्रदेशको राजधानी दाङ तोकीएपछि नेपाली काँग्रेस रुपन्देहीले अकस्किम बैठक बसी त्यसको बिरोध स्वरुप साँझ ७ बजेदेखि ८ बजे सम्म बत्ती निभाएर कालोदिन मनाउने निर्णय गरेको हो । त्यसकालागि काँग्रेसले सम्पुर्ण जिल्लाबासीलाइ साँझ ७ बजेदेखि एक घण्टा बत्ती निभएर कालोदिनको रुपमा सम्झना गर्न आग्रह समेत गरेको छ ।
काँग्रेसले आफना कार्यकर्ताहरुलाइ अनिबार्य बत्ति निभाएर बिरोध जनाउन सर्कुलर जारी गरीसकेको सभापती अब्दुल रज्जाकले बताउनु भयो । प्रदेश राजधानीकालागि रुपन्देही बासीले बिगतमा ठुलो योगदान दिएको र बहुसंख्यक जनताको पायक पर्ने भएकाले रुपन्देहीलाइ नै स्थायी राजधानी तोक्नु पर्ने काँग्रेसको माग यथावत रहेको भन्दै त्यसकालागि काँग्रेसको निरन्तर पहल जारी रहने सचिव रामकृष्ण खाँणले बताउनु भयो ।
प्रकाशित मिति : मंगलबार, असोज २० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्