वुटवल – गएराती र आज विहान बुटवलस्थित कोरोना विशेष अस्पतालमा २ जनाको संक्रमितको मृत्यु भएको छ ।
अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार मृत्यु हुनेमा पश्चिम नवलपरासीको सुनवल ५ का ७६ वर्षीय पुरुष र बुटवल ९ की ५५ वर्षीया महिला रहेका छन् ।
डा. गौतमले सुनवल ५ का ७६ वर्षीय पुरुषको स्वास्थ्यमा समस्या भएपछि असोज १५ गते स्वाब पठाई पीसीआर परीक्षण गरिएकोमा १६ गते पोजिटिभ नतिजा आएपछि अस्पतालको आईसीयूमा भर्ना गरिएको बताएका छन् ।
उनको आज बिहान १२ः ५० बजे मृत्यु भएको हो । उनलाई उच्च ज्वरो र उच्च रक्तचापको समस्यासमेत रहेको थियो ।
त्यस्तै, श्वासप्रश्वासमा समस्या भएपछि असोज १७ गते लुम्बिनी प्रादेशिक अपतालमा ल्याई पीसीआर परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएपछि कोरोना अस्पतालमा भर्ना गरिएकी महिलाको आज बिहान साढे ५ बजे मृत्यु भएको छ ।
डा. गौतमका अनुसार मृतकमा सुख्खा खोकी, ज्वरो र उच्च रक्तचापको समस्या थियो ।
प्रकाशित मिति : बुधबार, असोज २१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्