कोरोना संक्रमितवाट निको हुनु भएका भट्रराई दम्पतीद्धारा प्लाज्मा रगत प्रदान

कोरोना संक्रमितवाट निको हुनु भएका भट्रराई दम्पतीद्धारा प्लाज्मा रगत प्रदान

बुटवल -कोरोना भाईरसवाट संक्रमित पछि निको हुनु भएका रुपन्देहीका एक भट्रराई दम्पतीले बुटवलको धागो कारखानाको आईसियुमा उपचाररत विरामीलाई प्लाज्मा रगत प्रदान गर्नु भएको छ ।
औषधी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष सामाजिक अभियान्ता तथा युवा व्यवसायी सुरज भट्रराईको परिवारले बुधवार प्लाज्माका लागि रगत दान गर्नु भएको नेपाल नियमित रक्तदाता संघ रुपन्देहीका कोषाध्यक्ष दीपक अधिकारीले बताउनु भयो ।
सुरजकी धर्मपत्नी पुष्पाले पहिलो पटक रक्तदान गर्नु भएकोमा पहिलो पटकनै कोरोना संक्रमितका लागि रगत दान गर्नु भएको हो ।भट्रराई दम्पतीले ओ पोजेटिभ र बी पोजेटिभ रगत दान गर्नु भएको हो ।
उहाँहरु दुवैजना केही दिन अघिमात्र कोरोना संक्रमितवाट मुक्त हुनु भएको हो ।कोरोना संक्रमितवाट निको भएकाहरुवाट लिईएको रगतवाट कोरोना संक्रमितलाई प्लाज्मा चढाउदाँ प्रभावकारी हुने भएकाले नै यो अभिायानमा संक्रमणवाट निको भएकाहरुले मानविय सेवालाई ख्याल गर्न जरुरी रहेको छ ।

प्रकाशित मिति : बुधबार, असोज २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij