बुटवल-रुपन्देहीमा थप १ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्युु भएको छ ।
बुटवलस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत थप एक जनाको मृत्यु भएको हो ।
अस्पतालकाअनुसार मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका ११ की ४१ वर्षीया महिला छन् ।उनलाई मधुमेह रोग रहेको अस्पतालले जनाएको छ ।
सोमबार कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएकी उनलाइ सोमबार नै आईसीयूमा राखेर उपचार भइरहेकामा आज विहान ५ बजेर १० मिनेटमा ती महिलाको मृत्यु भएको अस्पतालका कोरोना फोकलपर्सन डा.सुदर्शन थापाले जानकारी दिए ।
प्रकाशित मिति : मंगलबार, कार्तिक ४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्