प्रदेश ट्राफिक प्रहरीले ३२ स्थानमा यात्रु सहायता कक्ष निर्माण गरि सहयाेग सुरु :लुम्बिनी प्रदेश ट्राफिक प्रहरी प्रमुख उपरीक्षक वि.क.

प्रदेश ट्राफिक प्रहरीले ३२ स्थानमा यात्रु सहायता कक्ष निर्माण गरि सहयाेग सुरु :लुम्बिनी प्रदेश ट्राफिक प्रहरी प्रमुख उपरीक्षक वि.क.

सवारी साधनमा यात्रा गर्दा सुरक्षाका सबै मापदण्ड पालना गर्न आग्रह

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यलयले नजिकिँदै गरेको दसैं, तिहार र छठ पर्र्वलाई लक्षित गरेर यात्रुको सहजताका लागि विभिन्न ३२ स्थानमा यात्रु सहायता कक्ष राखेको छ। चाडपर्वको मौकामा सवारीचालकले आफ्नो सवारीसाधनको गति नियन्त्रण गर्न, ट्राफिक नियमको पनि पालना गर्न ट्राफिक डमी  र राडर गनको प्रयोग गर्ने  बाट पनि चेकिङ सुरु गरेका छौं। यसै सन्दर्भमा स्वास्थ्य सतर्कता अपनाउने र चाडपर्वमा गाडी व्यवस्थापन गर्ने विषयमा फूलु सुनारले लुम्बिनी प्रदेश ट्राफिक प्रहरी प्रमुख उपरीक्षक  डम्बर बहादुर विकसँग गरेको कुराकानी ।

चाडपर्वको समयमा सडक सुरक्षाको लागि कस्तो प्रबन्ध छ ?
सडक सुरक्षाका सन्दर्भमा हामीले विशेष सावधानी अपनाएर नेपाल सरकारले यात्रुको सुरक्षाको लागि यात्रु सुरक्षा कक्ष राख्ने उनीहरुलाई गन्तव्य सम्म पुर्याउने उदेश्यले प्रदेश भरी विभिन्न ३२ स्थानमा यात्रा सहायता कक्ष निर्माण गरेका छौं, सवारी चालकलाई कोभिड- १९ को प्रोटोकल पालना गराउने लगायत काम गरेका छौ।त्यस्तै स्थलगत रूपमा पनि यात्रुलाई जहाँ बाट बस चढ्नु हुन्छ त्यहीँबाट हामीले अनुगमन पनि गरेका छौ।ब्यक्तिगत सुरक्षाका साथमा यात्रुहरूको सुरक्षाको निम्ति सेवा गर्दै अगाडि बढेका छौ।
चाडपर्व मानिसहरु ठगीमा पर्ने बसपार्कमा भाडा बढी लिने क्षमता भन्दा बढी यात्रु राख्ने गरेको पाइन्छ,यसको चेकिङ र ब्यबस्थापन कसरी हुन्छ ?

बिगतको तुलनामा यस् वर्ष त्यस्तो भिडभाडको माहोल छैन  ।सरकारले नै पुरानै भाडादर कायम गरेको छ । झट्ट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले सवारीचालकले आफ्नो सवारीसाधनको गति नियन्त्रण गर्ने, ट्राफिक नियमको पनि पालना गर्ने भएकाले दुर्घटना हुने सम्भावना कम हुने  विश्वास छ ।भैरहवा क्षेत्रको अति व्यस्त चोकहरु बर्मेलीटोल, देवकोटाचोक र मिलन चोकमा ट्राफिक डमी राखिएको छ ।

त्यस्तै बिजयादशमी, शुभ दिपावली, छठ लगायतका चाडपर्वहरुमा यात्रुवर्गहरुको सुरक्षित आवागमनलाई मध्यनजर राख्दै प्रदेशस्तरीय सार्वजनिक यातायात व्यवस्था अनुगमन समितिका आन्तरिक मामिला तथा कानून मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवहरु पत्रकार लगायत समेतको टोलिले कोभिड १९ स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरे र नगरेको सार्वजनिक यात्रुवाहक सवारी साधनहरुले बढी भाडा लिएर नलिएको लगायतको बिषयमा प्रदेश मुकाम बुटवल र आसपासका क्षेत्रहरुमा अनुगमन समेत गरेका छौ। अहिले हामीले देखेको समस्या भनेको भारतबाट आउनेहरुले गन्तब्य सम्म पुग्नलाई भाडा सकियो भन्ने खालका समस्या पाएका छौ ।यसका लागि यातायात व्यवसायीसंग समन्वय गरेका छौ।

अब त सिट क्षमताअनुसार नै यात्रु राख्न पाइने भएकाे छ तर जोखिम कम गर्न कस्तो कुरामा ध्यान दिनुपर्छ ?

जोखिम बढी नै हुन्छ । लामो दुरीको यात्रा गर्दा गाडीमै रहनुपर्ने हुँदा एक जनामात्र सङ्क्रमित गाडीमा हुँदा पनि धेरै जनामा फैलिने सम्भावना हुन्छ । त्यसैले जति धेरै यात्रु राख्यो त्यतप नै धेरै सङ्क्रमणको जोखिम हुन्छ ।  त्यसैले यात्रु आफै पनि सचेत हुनुपर्छ ।

मास्क, पन्जा, स्यानिटाइजर बोकेर हिँड्ने गर्नुपर्छ । बाटोमा खाना पनि नखाने, सकेसम्म आफै लाने गर्नुपर्छ । साबुन पानीले हात धुने वा स्यानिटाइजर पनि आफैले बोकेको प्रयोग गर्नुपर्छ । गाडी गुडाँउदा झ्याल खुला नै राख्ने । विश्व स्वास्थ्य सङ्गठनकाे अनुसार कोठामा होस् या गाडीमा, हावा पास हुने गरी यात्रा गर्ने/गराउने गर्नुपर्‍याे । जाडो हुन्छ भने बरु बाक्लो लुगा लगाउने ।

झ्याल खुला गरेपछि गति भने नियन्त्रण गर्नुपर्छ । यस्तै यात्राभर मास्क नफुकाल्ने र सकेसम्म फेस शिल्डकाे प्रयाेग गर्दा जोखिम कम गर्न सकिन्छ ।

सुरक्षित यात्राका लागि व्यवसायीले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्‍याे र यात्रुले आफै सजग भएर मास्क, स्यानिटाइजर, पन्जालगायतका स्वास्थ्य सामग्री प्रयोग गर्नुपर्‍याे ।

अहिले बिशेष गरेर राजमार्गहरुमा तिव्र रुपमा सवारीहरु गुडेका छन् स्पिड व्यबस्थापनको लागी पहल के रहन्छ ?

अहिले बाटोहरु खालि पनि छ त्यस कारणले गर्दा गन्तब्य स्थानमा छिटो पुगिन्छ भन्ने कारणले त्यस्तो स्पीड भएको छ ।त्यस्तौ स्पीड सार्वजनिक भन्दा पनि निजि सवारीसाधन २र ४ पांग्रेमा हो यसको लागी हामिले ठाँउ ठाँउमा चेक पोष्ट राख्ने र राडर गनको प्रयोग गर्ने, तपाहरुको भिड बढि छ भनेर भन्ने, रोकेर सचेत गराउने, सिट वेल्ट बाँधेको छ वा छैन सवारी चालक अनुमती पत्र छ छैन त्यो हेर्ने लगायतका काम गरीरहेका छौ ।अहिले हामिले ट्राफिक बाटोमा छ है भन्ने अनुभुति दिनको लागि सवारीचालकले आफ्नो सवारीसाधनको गति नियन्त्रण गर्ने, ट्राफिक नियमको पनि पालना गर्ने पनि केहि स्थानमा डमि ट्राफिक राखेका छौ, त्यस्तै गति नाप्नको लागि राडरगन सुरु गरेका छौ ।यसले क्षमता भन्दा बढि गति आउन साथ त्यो राजमार्गमा चल्ने सवारी साधनको गति नियन्त्रणलाई प्रभावकारी बनाउन राडर गनमार्फत सवारी साधनको गति निगरानी गर्न शुरु गरेको छ ।यसले सडकको क्षमता भन्दा तिव्र गतिमा चल्ने सवारीसाधनलाई निगरानी गरि कारबाही गरिने छ।

चाडपर्वको समयमा चोरी डकैतीका घट्नाहरु बढि हुने बिगतको तत्याङ्क छ यसको व्यबस्थापनको लागी योजना के छ ?जनपथ प्रहरी संग कतिको समन्वय हुन्छ?

नेपाल प्रहरीले सिङ्गो एउटा विशेष चाडपर्वको विशेष सुरक्षा योजना सार्वजनिक गरेका छौं । सबै जिल्लाप्रहरी कार्यलयहरु मातहतका ट्राफिक कार्यलयहरुले सबैलाई आ–आफ्नो किसिमका लक्षीत सुरक्षा योजना विगत देखिनै हुने हो र यसमा पनि खास कोभिडको कारणले आफू पनि सुरक्षित भएर यात्रुलाई कसरी सवारी व्यवस्थापन संग सम्बन्धित कर्मचारीहरुलाई त्यसका बारेमा जानकारी गराएर सुरक्षित यात्रा गराउने चुनौती छ । यद्यपी हामी सँग यात्रुहरु भरी भराउ हुने बस पार्कमा भिडभाड भएको अवस्था अहिले छैन । त्यसैले अहिलेको अवस्थामा त्यस्तो गुनासो आएको छैन ।बसपार्कबाट ठगिने अथवा बिचबाट यात्रीले दुख पाउने अवस्था छैन, किनभने यात्रुहरुको हामीले पनि त्यहि किशिमले व्यबस्थापन गरेका छौं, बसपार्कमा भिडभाड छैन बसहरु खालिनै छन ।अहिलेको मुख्य समस्या भनेकै कोभिड नै हो ।सबै आ- आफ्नो ठाँउ जँहा छौ, त्यहिँ दशै मनाऔ भन्ने मानसिकता पनि भैसकेकोले सवारीसाधन पनि खालि छ। सबै आफ्नो स्वास्थ्य प्रति सचेत छन् ।हामी आफू सुरक्षित हुनी र हामीले सबै कर्मचारीलाई ड्यूटि आउनुले मिलाएर पनि अबिभारा निभाएका छौं ।

यात्रहरुले सहज सुरक्षित यात्रा महसुस गर्न कसरी सक्छन् सचेतनाको लागि केके गर्नुभएको छ ?
सचेतनाको लागि हामीले यात्रु,सवारीचालक लाई पोष्टर,पम्पलेट ब्रोसरहरु बाडेका छौ । आफूसँग भएको सामानको सुरक्षा कसरी गर्ने भन्ने बारे सचेत गराएका छौ ।अहिलेको यो अवस्थामा सबैलाई स्वास्थ्य मापदण्ड अपनाउन पर्छ भन्ने सोचको विकाश भइसकेको छ ।अहिलेको अबस्थामा यात्राको क्रममा कोहि बिरामी भयो ज्वरो आयो भनेपनि स्वस्थ्य चौकि,अस्पताल सम्म परा पुराउने ,तुरुन्त खबर गर्ने गरेको पाइएको छ। एकाध कसैसंग मास्क छैन भने त्यो व्यबस्था पनि सवारी यातायात ब्यवस्थापनमा संलग्न कर्मचारीले उपलब्ध गराएका छन ।बसपार्कमा त्यस्तो ठाँउमा सबैभन्दा ठुलो कुरा समन्वय हो हामी सबै पक्ष संग समन्यन गरेका र्छौ यात्रीले सहजरुपमा यात्रा गर्न सक्छन।
कोरोना प्रभाव धेरै छ धेरै काम गर्नुपर्ने छ यी सबै काम गर्न जनशक्ती कति छ ?
ट्राफिक प्रहरीको कुरा गर्दा लुम्बिनी प्रदेशभरी १०,१२ जनामा कारोना पोजेटिभ भएको देखिन्छ ,उहाँहरु पनि अहिले स्वस्थ्य भएको अबस्था हो र अहिले काममा पन फर्किसक्नुभएको छ ।हामीले त्यो ड्युटी गर्दा विभिन्न काम गरिरहेका छौं, जस्तो आम नागरिकलाई सचेतना फैलाइरहेका छौं । ट्राफिक प्रहरी चोक-चोकमा बसिरहेका छन् । हामीले सडकमा रहेर सवारी आवागमनलाई व्यवस्थापन गर्ने हो । यो मुख्य जिम्मेवारी हामीले  निभाइरहेका छौं ।

चाडपर्वमा जोखिम रहित यात्रा गर्न तपाइको सुझाव के छ ?
लुम्बिनी प्रदेशबासीलाई अहिलेको समयमा चाडपर्वमा धेरै भिडभाड नगरौ,कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिरहेको अवस्थामा सावधानी आवश्यक छ । यो अवस्थामा व्यवसायीले पनि यात्रुलाई सेवा दिने हिसाबले काम गर्नुपर्छ । यात्रुलाई सुरक्षित तबरले गन्तव्यसम्म पुर्‍याउने जिम्मेवारी लिनुपर्छ । यात्रुले पनि सुरक्षित यात्राका लागि व्यवसायीले यस्तो दिनुपर्‍याे, सरकारले यस्तो गर्नुपर्‍याे भन्दा पनि आफू कसरी सुरक्षित हुन सकिन्छ, त्यो सोच्नुपर्‍याे ।

यसैगरी चाडपर्वको समयमा दुर्घटना बढ्ने पनि देखिन्छ, त्यसैले सडक सुरक्षामा पनि ध्यान दिन जरुरी छ । यसअघिका वर्ष दुर्घटना हुन नदिन सर्तक र सावधानी अपनाउनुपर्थ्याे  भने यसपालि स्वास्थ्य सुरक्षामा पनि ध्यान दिनुपर्ने भयो । कोरोना सङ्क्रमणको जोखिम कम गर्न सबैले आ–आफ्नो तर्फबाट प्रयास गर्न जरुरी छ ।

 

प्रकाशित मिति : शनिबार, कार्तिक ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij