काठमाडौं – बाराको सुवर्ण गाँउपालिका-२ मा झडप हुँदा प्रहरीले गोली चलाएको छ । भारतबाट राजश्व छलेर ल्याइएको आठ बोरा प्याजसहित चारवटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएपछि झडप भएको थियो ।
झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर स्थानीय चन्देश्वर यादवका छोरा १४ वर्षीय रन्जन यादव घाइते भएका छन् । टाउकोमा गोली लागेका बालकको वीरगन्जस्थित नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको छ ।
तस्करको समूहलाई सघाउँदै स्थानीयले प्रहरीमाथि ढुंगामुढा गर्दा प्रहरी नायव निरीक्षकसहित तीनजना प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवका अनुसार स्थानीयको ढुंगामुढाबाट प्रहरी नायव निरीक्षक वीरेन्द्र गिरी, हवल्दार र जवान घाइते भएका हुन् । घाइते प्रहरीको कलैयास्थित जिल्ला अस्पतालमा उपचार भइराखेको छ ।
घाइतेमध्ये प्रहरी नायव निरीक्षक गिरीको अवस्था गम्भीर छ । स्थिति नियन्त्रणका लागि गोली चलाउँदा बालकलाई गोलीको छर्रा लागेको प्रहरी निरीक्षक यादवले बताए । प्रहरीले झडप नियन्त्रणक लागि १२ राउण्ड हवाइ फायर गरेको थियो ।
प्रकाशित मिति : बिहिबार, कार्तिक १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्