बुटवल-रुपन्देहीको सैनामैना नगरपालिका ५ नम्बर वडाका नेकपाका १८६ जना कार्यकर्ताले नेकपा परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन । मंगलबार सैनामैना ५ को प्रगती टोलमा एक कार्यक्रमका बिच नेकपा परित्याग गरी काँग्रेसमा प्रवेश गरेका १ सय ८६ जनालाइ काँग्रेसका नेता तथा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार साहले अबिर र खादा लगाइ प्रवेश गराउनु भयो ।
सो अबसरमा बोल्दै कर्याक्रमका प्रमुख अतिथि नेता साहले सामान्य स्वास्थ्य उपचार नपाएर नागरिकहरुले ज्यान गुमाइरहदा सरकार भने भ्रष्टाचार लिप्त रहेको बताउनु भयो । जनताको सुख्ख दुख्खको साथी नेपाली काँग्रेस नै भएको दावी गर्दै उहाँले जनहितकालागि काँग्रेसको विकल्प नभएको बताउनु भयो । नेता शाहले जनतालाइ सन्तुष्ट बनाउने गरी आफु यस क्षेत्रको विकासमा लागेको पनि उल्लेख गर्नु भयो ।
कार्यक्रममा बिशिष्ट अतिथि काङ्ग्रेस रुपन्देहीका उपसभापति फणीन्द्र शर्मा,, युवा नेता बिष्णु प्रसाद पोखरेल, सैनामैनाका नगर सभापति रामप्रसाद अधिकारी, लगायतले बोल्दै अधिनायकवादि कम्युनिस्ट सरकारले जनहितमा काम गर्न नसक्ने भन्दै अर्को पटक कम्युनिष्टहरुलाइ सत्तामा पुग्न नदिने तर्फ सबै सचेत बन्नु पर्ने जोड दिनु भयो ।
काँग्रेसमा प्रवेश गर्नेहरुका तर्फबाट बोल्दै बिजय सुनारले कम्युनिष्ट सरकार जनतामारा देखिएकाले आफुहरु नेपाली काँग्रेसमा प्रवेस गरेको बताउनु भयो । सैनामैना ५ का वडा सभापति तुलसिराम पोखरेलको अध्यक्षता , सार्वजनिक लेखासमितिका सभापति भरतकुमार साहको प्रमुख आतिथ्यता, काँग्रेस रुपन्देहीका उपसभापति फणिन्द्र शर्माको बिशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रमको स्वागत तुलसा भुसालले गर्नु भएको थियो भने संचालन भोज प्रसाद पाण्डेले गर्नु भएको थियो ।
प्रकाशित मिति : बुधबार, कार्तिक १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्