चीनले भारत, बेलायत, फिलिपिन्स र बेलायतका नागरिकलाई आफ्नो देशमा प्रवेशका लागि अल्पकालीन रूपमा प्रतिबन्ध लगाएकाे छ ।
कोरोना भाइरसको महामारीका कारण ती देशका नागरिकलाई चीन प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।
बेल्जियमस्थित चिनियाँ दूतावासले बुधबार एक वक्तव्य जारी गर्दै भनेको छ, ‘महामारीका कारण व्यवसायिक काम, व्यक्तिगत काम र बस्न पाउने अनुमति भएका बेल्जियमका मानिसलाई अल्पकालीन रूपमा चीन प्रवेशमा रोक लगाइएको छ ।’
यसैगरी बेलायत, भारत र फिलिपिन्समा रहेका चिनियाँ दूतावासले पनि यस्तै घोषणा गरेका थिए ।
यो प्रतिबन्ध ती देशका सबै गैरचिनियाँ नागरिकमा लागू हुने बताइएको छ ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक २१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्