दाङमा ५९ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

दाङमा ५९ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

घोराही – दाङमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । घोराहीका ५९ वर्षीय एक पुरुषको कोरोनाका कारण बाँकेमा मृत्यु भएको हो ।

घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी ती पुरुषको बाँकको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा शनिवार विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परीक्षणका क्रममा उनलाई कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्यमा सुधार नआएपछि उनको शनिवार विहान ५ बजेर २५ विरामीको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

उनको कात्तिक २० गतेसम्म कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा उपचार गरिएको थियो । संक्रमितको स्वास्थ्य थप जटिल बन्दै गएपछि कात्तिक २० गते बेलुका उनलाई बाँकेस्थित भेरी अस्पताल थप उपचारका लागि लगिएको थियो ।
यो सहित बाँकेमा ६३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

त्यसमध्ये २८ जना बाहिरी जिल्लाबाट उपचारका लागि बाँके लगिएकाहरू छन् भने अन्य ३५ जना बाँकेका हुन । दाङमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

प्रकाशित मिति : शनिबार, कार्तिक २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij