बुटवल -आज (सोमबार) विभिन्न दुई जिल्ला रुपन्देही र कैलालीमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट चार जनाको मृत्यु भएको छ ।
बुटवलको कोरोना विशेष अस्पतालमा बुटवल उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । कार्तिक २२ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका उनको उपचारका क्रममा आज बिहान ६ बजे मृत्यु भएको हो । उनी मिर्गौला र कलेजोका दीर्घरोगी थिए ।
यस्तै सोही जिल्लाकै सैनामैना नगरपालिकाकी ५६ वर्षीया महिलाको भीम अस्पताल भैरहवामा मृत्यु भएको छ । कात्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिला १९ गते भीम अस्पतालमा भर्ना भएकी थिइन् । उपचारका क्रममा उनको आज बिहान साढे ६ बजे मृत्यु भएको हो ।
यसैगरी आजै कैलालीमा दुई जना संक्रमितको मृत्यु भएको छ । टीकापुर नगरपालिका–१ का ९० वर्षीय पुरुष र धनगढी उपमहानगरपालिका २ का ८४ वर्षीय पुरुषको सोमबार बिहान कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
२० गते कोरोना पुष्टि भएका टीकापुरका पुरुषकाे हाेम आइसोलेसनमा र धनगढीका ८४ वर्षीय पुरुषकाे सेती प्रादेशिक अस्पतालकाे अस्थायी कोरोना अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएकाे हाे ।
प्रकाशित मिति : सोमबार, कार्तिक २४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्