तिलोत्तमा-रूपन्देहीको तिलोत्तमामा यूवाहरूले घर विहिनलाई घर हस्तान्तरण गरेका छन । तिलोत्तमा ११ गणेशनगर स्थित नव एकता युवा क्लबका सदस्यहरूको सक्रियतामा २०७४ सालको बाढीले घर बगाई घर विहिन भएका दिलिप गुरूङलाई घर हस्तान्तरण गरेका हुन । क्लबका अध्यक्ष देशराज गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा क्लबले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न समयमा रक्तदान कार्यक्रम,बलात्कार बिरूद्द अभियान,न्यानो कम्बल वितरण,युवाहरूलाई आत्मरक्षा तालिम लगायतका सामाजिक कार्य गर्दै आइरहेको जानकारी गराईएको थियो । कार्यक्रममा समाजसेवी ऋषि काफ्लेले खानेपानीको लागि ब्यवस्थापन गरिदिने प्रतिबद्वता ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा संगमटोल विकास संस्थाका अध्यक्ष कमलकान्त गौतमले ५हजार ५५, बाबुराम खरेलले ५ हजार ,भिम बहादुर गुरूङ्गले ५हजार क्लबलाई सहयोग गर्नुभएको थियो। क्लवका सह सचिव गोविन्द अर्यालको संचालनमा चएको कार्यक्रममा संगमटोल बिकास संस्थाका अध्यक्ष कमलकान्त गौतम, क्लबका सल्लाहाकार खिमानन्द न्यौपाने, टोप बहादुर केसी,लुम्बिनी सामाजिक संस्थाका अध्यक्ष पुर्ण चन्द्र सुवेदी, लगायतले क्लबका युवाहरूलाई राज्यले प्रोत्साहन गर्नु पर्ने बताएका थिए।
प्रकाशित मिति : आइतबार, कार्तिक ३० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्