भैरहवा-रुपन्देहीको भैरहवामा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।मृत्यु हुनेमा पश्चिम नवलपरासीको बर्दघाट–१२ का ६३ वर्षीय पुरुष रहेका छन् ।
उनको भैरहवा स्थित भीम अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान ५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी नारायण पोख्रेलले जानकारी दिए ।
गत कात्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका उनलाई सोमबार राति हृदयघात भएको थियो ।
हृदयघातपछि थप उचारको तयारी गर्दागर्दै उनको मृत्यु भएको डा. पोख्रेलले बताए ।
प्रकाशित मिति : मंगलबार, मंसिर २ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्