विश्वका प्रभावशाली महिलाकाे सूचीमा परिन् बेवारिसे शव जलाउने १८ वर्षीया सपना

विश्वका प्रभावशाली महिलाकाे सूचीमा परिन् बेवारिसे शव जलाउने १८ वर्षीया सपना

काठमाडाैं – बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली तथा प्रेरणाशाली महिलाको सूचीमा नेपाली महिला पनि परेकी छिन् । बीबीसीले सोमबार राति प्रभावशाली सय जना महिलाकाे नाम सार्वजनिक गरेकाे हाे ।

बीबीसीले तयार पारेकाे सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन, मलेसियाकी चर्चित अभिनेत्री मिसेल योह लगायत बेवारिसे शव जलाउने म्याग्दीकी १८ वर्षीय सपना राेका मगर पनि परेकी हुन् । जीवनकाे कठिन परिस्थितिमा पनि संघर्ष गरेर समाज परिवर्तनका लागि उनीहरुले उदाहरणीय काम गरेकाे बीबीसीकाे भनाइ छ ।

म्याग्दीकी सपनाले विगत केही वर्षयता बेवारिसे शव जलाउने काम गर्दै आएकी छिन् । लकडाउनकाे समय राेजगारीविहिन भएकाहरूलाई खाना बाँड्ने काम पनि उनले गरिरहेकी थिइन्, अहिले पनि निःशुल्क खाना बाँड्ने काम जारी छ ।

प्रकाशित मिति : मंगलबार, मंसिर ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij