बुटवल-नेपाल तरुण दल र नेपाल बिद्यार्थी संघ रुपन्देहीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेललाइ बुटवलमा कालोझण्डा देखाएका छन् ।

लुम्बिनी प्रदेशको राजधानी मन्त्रीपदसंग साटेको भन्दै उनीहरुले बुटवलको पुरानो बसपार्क ९नेपालगञ्जरोड०मा कालोझण्डा देखाएका हुन् ।
गृहजिल्ला पुगेका अर्थमन्त्री पौडेललाई बुधबार बिहान सडकमा कांग्रेस कार्यकर्ताले कालो झन्डा देखाउँदै प्रदर्शनसमेत गरेका हुन्।
मङ्गलबार रुपन्देही आएका महासचिब पौडेल रुपन्देहीमा दुई दिन विभिन्न कार्यक्रममा सहभागी हुदैछन् । सडकमा बाक्लो सङ्ख्यामा रहेका तरुण दल र नेविसंघका कार्यकर्ताले नाराबाजीसमेत गरेका थिए ।

बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिए पनि कालो झण्डा प्रदर्शनका क्रममा कुनै अप्रिय घटना भने हुन नपाएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, मंसिर १० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्