काउनद्धारा आर्थिक सहयोग

काउनद्धारा आर्थिक सहयोग

 

बुटवल – नेपाल निर्माण तथा समबद्द श्रमिक सघ केन्द्र तथा जिल्ला संघले ठम बहादुर थापालाई आर्थिक सहयोग गरेको छ । ब्रेन टियुमर रोगबाट ग्रसित थापालाई ३५ हजार आर्थिक सहयोग गरिएको हो । उँहा की एक छोरी पनि शारिरीक अपाङ्ग हुनुहुन्छ । नेपाल निर्माण तथा समबद्द श्रमिक सघका केन्द्रिय अध्यक्ष जेवि गुरुङ्गको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको हो । उँहाले दुखमा परेका मजदुरलाई श्रमिक संघले सहयोग गर्दै आएको बताउँनुभयो । संघमा सबैजना एकताबद्ध भएर दुखमा परेका मजदुरलाई सहयोग गर्दै अघि बढ्नु पर्नेमा गुरुङ्गले जोड दिनुभयो । नेपाल निर्माण तथा समबद्द श्रमिक सघ रुपन्देहीका अध्यक्ष बिर बहादुर लामा , जिल्ला कार्य समितिका सदस्य ओम प्रकाश चौधरी , काउन लुम्बिनी प्रदेशका कृष्ण प्रसाद बेलबासे लगायतको कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले दुखमा परेका मजदुरलाई साथ दिन सबै एक जुट भएर लाग्ने बताएका छन ।

प्रकाशित मिति : बिहिबार, मंसिर १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij