बुटवलकाे सुख्खानगरमा गोली चल्यो,एक जना गम्भीर घाइते, दुई पक्राउ, एक फरार

बुटवलकाे सुख्खानगरमा गोली चल्यो,एक जना गम्भीर घाइते, दुई पक्राउ, एक फरार

बुटवल-बुटवलमा गोली चल्दा एक जना घाइते भएका छन्। खाग तस्करीमा संंलग्न र प्रहरी बीच मुडभेड हुँदा तस्कर समूहकै अन्दाजी ३० वर्षका राकेश न्यौपाने घाइते भएको प्रहरीले जनाएको छ। तस्कर समूहकै एक व्यक्तिले चलाएको गोली न्यौपानेको चिउडोमा लागेको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रबिण पोखरेलले जानकारी दिए। घाइतेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेज लगिएको छ। उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

तस्कर समूहका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। एक जना फरार छन्। रुपन्देहीका प्रहरी प्रमुख एसपि पोखरेलका अनुसार खाग तस्करीमा संलग्न सुर्खेतको लेकबेसी नगरपालिका ७ का ३१ वर्षे भक्तबहादुर थापा र जाजरकोटको बारेकोट गाउँपालिकाका २६ वर्षीय कर्णबहादुर राउत पक्राउ परेका छन्। जाजरकोटकै नायकवडा गाउँपालिका ४ का ३१ वर्षका बिरेन्द्रबहादुर सिंह फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुको साथबाट खाग जस्तो एक थान बस्तु फेला परेको र थप अनुशन्धान भइरहेको प्रहरी प्रमुख एसपि पोखरेलले बताए।

खाग तस्करीमा संलग्न भनिएका ४ जना बुटवल उपमहानगर पालिका ८ को शुक्रपथमा रहेको न्यु कलश होटलको १०५ नम्बर कोठामा हिजो साँझदेखि बसेका थिए। खाग तस्करहरु बसेको भन्ने सूचना पाएपछि आज बिहान ९ बजेतिर दुई जना सादा पोसाकका प्रहरी रेकी गर्न पुगेका थिए। उनीहरु तस्कर नै भएको यकिन भएपछि  प्रहरीले बाहिरबाट कोठाको चुक्कल लगाइदियो।

तर तस्करहरुले ढोका फोडेर बाहिर नीस्केको र प्रहरीकै पैस्तोल खोसेर गोली चलाउँदा तस्कर समूहकै एकजनालाई गोली लागेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपि प्रतितसिंह राठोरले बताए। ‘उनीहरु तस्कर हुन भन्ने यकिन भएपछि थप टोली त्यसतर्फ जाँदै थियो तर त्यसअघि नै तस्करहरुले ढोका फोडेर प्रहरीको पेस्तोल खोसे र गोली चलाए, गोली आफ्नै साथीलाई लाग्यो’ डिएसपि राठोरले भने।

प्रकाशित मिति : आइतबार, मंसिर २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij