आज बिहे गर्दैछिन् अभिनेत्री श्वेता खड्का

आज बिहे गर्दैछिन् अभिनेत्री श्वेता खड्का

काठमाडौं – अभिनेत्री श्वेता खड्का आज विवाह गर्दैछिन् । श्वेता धनगढीका विजयेन्द्रसिंह रावतसँग विवाह गर्न लागेकी हुन् ।

उनको विवाह काठमाडौँको गोकर्ण फरेष्ट रिसोर्टमा हुने जानकारी दिइएको छ । कोरोना संक्रमणको जोखिम भएकाले दुवैतर्फका सीमित अतिथिहरूको उपस्थितिमा विवाह गर्न लागिएको हो ।

यसअघि श्वेताले अभिनेता श्रीकृष्ण श्रेष्ठसँग २०७१ साल असार २३ गते उनले विवाह गरेकी थिइन् । विवाह भएको एक महिनापछि श्रीकृष्णको निधन भएको थियो । श्रीकृष्ण श्रेष्ठसँगको फिल्म ‘कहाँ भेटिएला’बाट अभिनयमा आएकी श्वेताले पछिल्लो पटक कान्छी फिल्ममा अभिनय गरेकी थिइन् ।

प्रकाशित मिति : सोमबार, मंसिर २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij